सुत्न अघि भुटेको लसुन सेवन गर्नुहोस्, यी रोगबाट पाउनु हुनेछ छूटकारा

लसुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । मोटोपना, मधुमेह, ग्याँस्ट्रिक र अन्य धेरै विमारबाट टाढा राख्न यसले मद्दत गर्छ । राती सुत्न अघि भुटेको लसुन सेवन गर्दा धेरै विमारबाट छुटकारा पाउन सकिन्छ ।

भुटेको लसुन सेवन गर्नाले मुटु स्वस्थ रहन्छ । यसमा पाइने तत्वले शरीरमा असल कोलेस्ट्रोलको स्तरलाई बढाएर नराम्रो कोलेस्ट्रोललाई नाश गर्छ । लसुनले शरीरमा प्रतिरक्षा क्षमता विकास गर्छ र क्यान्सरजस्तो रोगसँग लड्ने मद्दत गर्छ । भुटेको लसुन सेवन गर्नाले हड्डीहरु मजबूत हुन्छन् । साथै यसले तपाईको युवा उमेरलाई बढाउँछ । राती सुत्न अघि भुटेको लसुन सेवन गर्नाले पिसाबको माध्यमबाट शरीरको विषाक्त तत्व बाहिर निस्कन्छ ।

उच्च रक्तचाप भएकाहरुले दैनिक दुई टुक्रा भुटेको लसुन सेवन गर्नाले फाइदा मिल्छ । तौल घटाउनका लागि भुटेको लसुन प्रत्येक रात सेवन गर्दा प्रभावकारी हुन्छ । यसले पाचनक्रियामा सहयोग पुर्याउँछ । अझ गर्भवती महिलाले भुटेको लसुन दैनिक सेवन गर्दा एकदमै फाइदाजनक हुन्छ । यसले गर्भको बच्चा र आमालाई राम्रो गर्छ ।

Comments

Back to top