जाडोमा कागती पानी पिउनु कति सही ?

जाडोमा भाइरल विमारीहरु जस्तै रुघाखोकी, ज्वरो सजिलै हुने गर्छ । तर रोग प्रतिरोधात्मक क्षमता बलियो भयो भने यस्ता विरामीहरु हुँदैनन् । त्यसैले तपाईं जाडोमा पनि कागती पानी पिउन सक्नुहुन्छ । किनकी कागतीमा भिटामिन सीको मात्रा धेरै हुन्छ जसले इम्युनिटी बलियो बनाउँछ ।

जाडो मौसममा मनतातो पानीमा कागतीको रस मिसाएर पानी पिउनु पर्छ । यसमा तपाईं मह पनि मिसाउन सक्नुहुन्छ । यो स्वास्थ्यका लागि अझै फाइदाजनक हुनेछ । जाडोमा प्रायः हामी पानी कम पिउँछौं । जसले गर्दा शरीरमा डिहाइडे«ट हुन थाल्छ । यसबाट बच्नका लागि पनि कागती पानी एउटा राम्रो विकल्प हो ।

जाडोमा तौल घटाउनका लागि कागती पानी पिउन सकिन्छ । यसलाई बिहान खाली पेट पिउनु एकदमै फाइदाजनक मानिन्छ । जो व्यक्तिहरुलाई पाचन सम्बन्धी समस्याहरु हुने गर्छ, उनीहरुका लागि पनि कागती पानी एकदमै फाइदा गर्छ । यसले कब्जियत तथा पेट फुल्ने समस्यालाई कम गर्न सकिन्छ ।

कागती पानीको सेवनले शरीर मात्र नभएर छाला पनि स्वस्थ रहन्छ । यसले छालालाई चम्किलो बनाउँछ र डन्डीफोर आदिको समस्या कम गर्छ । यदी तपाईंलाई कुनै प्रकारको एलर्जी छ वा कागती खाँदा कुनै समस्या छ भने डाक्टरसँग सल्लाह गरेर मात्र यसको सेवन गर्नुहोस् ।

Comments

Back to top