कांग्रेस प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा मनोनित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा केन्द्रीय सदस्य मीन विश्वकर्मालाई मनोनयन गरेका छन् । 

पार्टी प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री बनेपछि सभापति देउवाले प्रचार विभाग प्रमुखमा विश्वाकर्मालाई मनोनयन गरेका हुन् । 

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) र धारा ३७ (१) (ग)अनुसार विश्वकर्मालाई प्रचार विभाग प्रमुखमा मनोनयन गरिएको हो ।

Comments

Back to top