जसपा नेपालका दुई मन्त्री नियुक्त, प्रचण्ड सरकारले पायो पूर्णता

जनता समाजवादी पार्टी नेपालकातर्फबाट दुई जना मन्त्रीमा नियुक्त भएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीका वीरेन्द्रप्रसाद महतो र प्रमिलाकुमारी यादवलाई मन्त्रीमा नियुक्त गरेका हुन् । 

राष्ट्रपति कार्यालय, शितल निवासका अनुसार महताेले वन तथा वातवरण मन्त्रालयको जिम्मेवारी पाएका छन् भने प्रमिलाकुमारीले शिक्षा, विज्ञान तथा प्रवृदि राज्य मन्त्रीको जिम्मेवारी पाएकी छिन् । दुई जनालाई मन्त्री नियुक्ती गरेसँगै प्रचण्ड सरकारले पूर्णता पाएको छ ।  

Comments

Back to top