भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीमाथि अनुसन्धान गर्न संसदमा माग

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणमा दुईजना पूर्वप्रधानमन्त्रीमाथि पनि अनुसन्धान गर्नुपर्ने माग गरेका छन्। 

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले पूर्वमन्त्री नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानमा तानिएकाले दुईजना पूर्वप्रधानमन्त्रीमाथि पनि अनुसन्धान गर्नुपर्ने माग गरेका हुन्। 

पूर्वमन्त्री बालकृष्ण खाँण र टोपबहादुर रायमाझी पक्राउ परेपछि दुई पूर्व प्रधानमन्त्रीलाई पनि बोलाएर अनुसन्धान गर्नुपर्ने माग गरेका हुन् । उनका भनाइको आशय शेरबहादुर देउवा र केपी शर्मा ओलीमाथि पनि अनुसधान गर्नुपर्ने देखिएको हो। 

Comments

Back to top