सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम गन्तव्यहिन भएकाले समर्थन हैन विरोध गर्न सांसदहरूलाई ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विरोध गर्न निर्देशन दिएका छन् ।

सरकारले शुक्रबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै गन्तव्यहीन भएकाले समर्थनभन्दा विरोध गर्न सांसदहरूलाई निर्देशन दिएका हुन्।

‘यो समर्थन योग्य छैन, विरोध योग्य छ, यस्तो फाल्तु कुरा नीति तथा कार्यक्रमको रूपमा प्रस्तुत हुनु दुःखको कुरा हो,’ उनले भने, ‘त्यसैले यसलाई पास गर्न हुँदैन, विरोध गर्नु पर्छ, हाम्रो मुख्य पोजिसन त्यही हो ।’

Comments

Back to top