नबिल बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

नबिल बैंक लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकको ४ करोड २२ लाख ४० हजार ८८१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १८.५० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर, शुक्रबार नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत बैंकको बोनस शेयर, सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

 

 

Comments

Back to top