लाल्टिन साप्ताहिक समीक्षा !

निरन्तर घट्दो क्रममा रहेको नेप्सेमा यस सातामा केहि सुधार देखिएको छ। यस साताको पहिलो कारोबार दिन आइतबार १९६७.४९ को बिन्दुमा खुलेको नेप्सेले करिब ३५.२५ (१.७९ प्रतिशत) हासिल गर्दा साताको अन्तिम कारोबार दिन बिहिबार सूचक २००२.७ को बिन्दुमा पुगी क्लोजिङ्ग दिएको छ।
नेप्से उप-समुह (Sub-Index)


यस साताको टप गेनर्स (Top Gainers)


यस साताको टप लुजर्स (Top Losers)


यस साताको टप खरिद भएका कम्पनी (Top Bought)


यस साताको टप बिक्रि भएका कम्पनी (Top Sold)


प्राविधिक विश्लेषण

यस साताको क्लोजिंग पनि मिडल ब्याण्ड भन्दा तल नै भएको छ। एमएसिडि लाईन यस साता +३.९१ बाट घटेर -०.१७ मा आएको छ र हिस्टोग्राम यो साता घटेर पोजिटिभ १०.२० बाट ४.९० मा पुगेको छ जसले बजारमा खरिद चाप घटिरहेको देखाउँछ ।  जिरो लाईन भन्दा तल रहेको सिग्नल लाईन बढेर -५.०७ मा आएको छ। -१४ डिएमआई लाईनलाई +१४ डिएमआई लाईनले तलबाट क्रस गरेको बजारमा ए.डी.एक्स २०.३७ मा रेहको छ जसले बजारको बुलिश मोमेन्टम पुरै घटेको जनाउछ। -१४ डिएमआई लाईन र +१४ डिएमआई लाईन निकै नजिक पुगिसकेको छ जसले बजार फेरी बियरिश हुन सक्ने सम्भावना देखाउछ।  आरएसआइ ४४.४८ बाट बढेर ४७.०३ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम फेरी बढ्न थालेको देखिन्छ ।

संग्रहमा हेर्दा बजारमा बियरिश कन्फिर्मेशन नभएको तर बुलिश सेन्टिमेन्ट भने घट्दो क्रममा रहेको अनुमान लगाउन सकिन्छ।  नेप्सेको आगामी दिनको नजिकको सपोर्ट अब १८६० को एरिया हुन्छ र नेप्सेको अवरोध २०१० को एरिया रहेको देखिन्छ। बजारमा फेरी ब्याजदर घट्ने खबर आएपछि,अघिल्लो साता मिडल ब्याण्ड भन्दा मुनि बजारले क्लोजिङ्ग दिए पनि बजारमा पोजेटिभ सेन्टिमेन्ट आएको देखिन्छ। चैत १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाउने तयारी नेपाल बैंकर्स संघले गरेका छन्। संघले विहिवार बसेको बैठकमा बचतको ब्याजदर घटाएर न्युनतम ६ प्रतिशत र अधिकतम ८ प्रतिशत कायम गर्ने निर्णय गरेको हो । यसअघि बचतको न्युनतम ब्याजदर ६.४२ प्रतिशत र अधिकतम ब्याजदर ८.४२ प्रतिशत रहेकाे थियो। निक्षेपको ब्याज दर घटेपछि बैंकको लागत कम हुन्छ र बेस रेट कम हुन जान्छ। बेस रेट घटेपछि ऋणको ब्याजदर घट्नेछ । यस खबर बजारमा आएपछि लगानीकर्तामा हर्ष छाएको छ।  मिडल ब्याण्ड भन्दा केहि अङ्क मात्र तल रहेको बजारमा अब आउने साता मिडल ब्याण्डमा स्ट्रोङ्ग बुलिश क्यानड बन्न सके बजारले फेरी उपर ब्याण्डलाई टेस्ट गर्न जान सक्ने अनुमान लगाउन सकिन्छ।  

Comments

Back to top