ब्याजदर घटेसँगै बढ्यो लगानीकर्ताको मनोवल !

चैत १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाउने तयारी नेपाल बैंकर्स संघले गरेका छन्। संघले आज बसेको बैठकमा बचतको ब्याजदर घटाएर न्युनतम ६ प्रतिशत र अधिकतम ८ प्रतिशत कायम गर्ने निर्णय गरेको हो । यसअघि बचतको न्युनतम ब्याजदर ६.४२ प्रतिशत र अधिकतम ब्याजदर ८.४२ प्रतिशत रहेकाे थियो। निक्षेपको ब्याज दर घटेपछि बैंकको लागत कम हुन्छ र बेस रेट कम हुन जान्छ। बेस रेट घटेपछि ऋणको ब्याजदर घट्नेछ । यस खबर बजारमा आएपछि लगानीकर्तामा हर्ष छाएको छ।  
१९५५.५७मा ओपनिङ्ग भएको बजारले ५०.०४ अङ्क हासिल गर्दा बुलिश मारबुजु क्यान्डल सहित बजारले २००२.९९मा क्लोजिङ्ग दिएको छ।  बढ्दो कारोबार रकम  ले पनि यस बढोत्तरीलाई साथ दिएको छ।  एमएसीडीका नेगेटिभ हिस्टोग्राम पनि घट्दो क्रममा देखिन्छन भने मुमेन्टम इन्डिकेटर आर एस आइले पनि ३०को बिन्दुमा सपोर्ट लिएर माथि फर्केको छ।  
आगामी दिनका लागि २०१५को बिन्दु र २०६०-२०८०को जोनले महत्तोपुर्ण प्रतिरोधको रुपमा भूमिका खेल्न सक्छन।

Comments

Back to top