राष्ट्रपति भण्डारीको कार्यकाल सफल र गर्व गर्न लायक रहेको एमाले अध्यक्ष ओलीको दाबी

एमाले अध्यक्ष केपी शर्मा ओलीले देश र नेपाली महिलाका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका गर्व गर्न लायक रहेको बताएका छन् । 

११३औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बुधबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको रुपमा भण्डारीले निर्वाह गरेको भूमिका देश र नेपाली महिलाले गर्व गर्न लायक रहेको बताएका हुन् । 

यही २८ फागुनदेखि कार्यकाल सकिन लागेको राष्ट्रपति भण्डारीको कार्यकाल सफल रहेको उनको भनाइ छ । पहिलोपटक कात्तिक २०७२ मा राष्ट्रपति बनेकी एमालेकी तत्कालीन उपाध्यक्ष भण्डारीले राष्ट्रपतिमा दुई कार्यकाल बिताएकी हुन् । 

भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति हुन् । 
 

Comments

Back to top