इर्र्यास्नल बजारमा के गर्ने ?

शेयर बजार एक जटिल प्रणाली हो जसमा विश्वव्यापी आर्थिक घटनाहरू, राजनीतिक निर्णयहरू र लगानीकर्ताको भावनाहरुले महत्त्वपूर्ण भूमिका खेल्दछन्। त्यसैले बजारले कहिलेकाहीं अव्यवस्थित व्यवहार गर्नु सामान्य हो र लगानीकर्ताले बजारले यस्तो इर्र्यास्नल व्यवहार देखाउदा के गर्नुपर्छ भन्ने जानकारी राख्नु पर्छ।
 
शान्त रहनुहोस् र अट्टेरी नगर्नुहोस्: डर वा लोभमा आधारित निर्णयहरूले कमजोर परिणामहरू निम्त्याउन सक्छन । याद गर्नुहोस् कि लगानी दीर्घकालीन खेल हो र छोटो अवधिको उतार-चढावहरू प्राय: नोइज मात्र हुन्।

तपाईंको लगानी रणनीति समीक्षा गर्नुहोस्: यदि तपाईंसँग एक राम्रो वित्तीय लक्ष्य र जोखिम सहिष्णुता छ भने तपाईं यसैमा अडिग रहनुपर्छ। यद्यपि यदि विश्वव्यापी आर्थिक घटनाले तपाईको लगानी  रणनीतिमा कुनै कमजोरी उजागर गर्यो भने रणनीतिको मूल्यांकन गरि समय अनुसार परिमार्जित गरिनु पर्छ।  

राम्रो अवसरहरूमा किन्न तयार रहनुहोस्: बियरिश बजारले दीर्घकालीन लगानीकर्ताहरूको लागि  किन्न अवसरहरू दिन्छ। त्यसैले सधै केहि नगद हातमा लिएर नै बस्ने गर्नुस्।  यदि तपाइँसँग हातमा नगद छ भने यस्ता गुणस्तर कम्पनीहरूमा लगानी गर्ने विचार गर्नुहोस् जुन कम्पनि बजारको अस्थायी उतार चढावको कारणले गर्दा अण्डरभ्यालुड छ ।

गुणस्तर र विविधीकरणमा ध्यान दिनुहोस्: जब बजार अस्थिर हुन्छ तब उच्च गुणस्तरीय कम्पनीहरूमा ध्यान केन्द्रित गर्ने गर्नुस्।  विभिन्न क्षेत्र र एसेट क्लासमा विविधीकरणले पनि जोखिम कम गर्न मद्दत गर्दछ।

एक्स्पर्ट सल्लाह खोज्नुहोस्: यदि अगाडि बढ्ने या नबढ्ने अनिश्चित छ भने व्यावसायिक वित्तीय सल्लाहकारको खोजी गर्ने विचार गर्नुहोस् र बजारको उतार-चढावहरू नेभिगेट गर्न मद्दत लिनुहोस् ।

Comments

Back to top