शतप्रतिशत हकप्रद निष्काशन गर्न अपर तामाकोशी हाइड्रोपावर कम्पनीले दियो बोर्डमा निवेदन!

शतप्रतिशत हकप्रद निष्काशन गर्न अपर तामाकोशी हाइड्रोपावर कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।

हकप्रद निष्कासनका लागि कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृत पाएसँगै बोर्डमा फागुन १८ गते निवेदन दिएको हो ।

कम्पनीको भदौ ३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न साधारणसभाले १ बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर निश्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।

Comments

Back to top