कुमारी बैंकको ३ लाख ३४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले बुधबार (माघ ११ गते)देखि मनिला कुमारी अग्रवालको नाममा रहेको संस्थापक समूहको ३ लाख ३४ हजार ९०६  कित्ता सेयर बिक्री गर्ने भएको छ   बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापकले सूचना जारी भएको ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी बैंकको केन्द्रिय कार्यालयमा निवेदन दिन आग्रह गरेको हो 

त्यसैगरीतोकिएको समय भित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ । 

Comments

Back to top