जाडोयाममा पिँडालु खानुका चमत्कारीक फाइदा

जाडोमा देखिने आम समस्यामध्ये अल्छिपना पनि एक हो । मानिसहरु जाडोमा घरबाहिर जान मन पराउदैनन्। यस्तो अवस्थामा मोटोपन एक समस्या बनेर आउन सक्ने खत्तरा हुन्छ। आज हामी जाडोमा पिँडालु खानुका फाइदा लिएर आएका छौं। पिँडालु खाँदा मोटोपना नियन्त्रण लगायतका धेरै फाइदा हुन्छन् ।

कतिलाई थाहा नहुन सक्छ, पिँडालुमा पर्याप्त पोषक तत्व पाइन्छ । यसमा फाइबर, प्रोटीन, पोटाशियम, भिटामिन ए र सी, क्याल्सियम, आइरन जस्ता पोषक तत्व हुन्छ । यसमा प्राकृतिक फाइबर रहन्छ, जसले शरीरमा ग्लूकोज र इन्सुलिनको मात्रा उचित स्तरमा बनाइराख्छ ।

साथै यसले मधुमेहलाई नियन्त्रणमा राख्नुका साथै आन्द्रा र मुटुको स्वास्थ्यका लागि पनि फाइदाजनक काम गर्छ । यसमा एन्टिअक्सिडेन्ट पनि पाइन्छ, जो छालाको लागि लाभदायक हुन्छ । खासगरी मधुमेह रोगीले पिँडालुको सेवन गर्नैपर्छ ।

यसको अर्को विशेषता भनेको यो एक स्टार्च तरकारी हो, जसमा दुई प्रकारका कार्बोहाइड्रेटहरू हुन्छन् । यसले रक्त शर्करा व्यवस्थापनका लागि धेरै राम्रो काम गर्ने विशेषज्ञहरु बताउँछन्। पिँडालु एउटा यस्तो तरकारी हो, जसलाई जाडो याममा खुब खाइन्छ । 

यसरी जराको तरकारीमा  पिँडालुलाई सबैभन्दा स्वादिष्ट र स्वस्थकर मानिन्छ । यो नेपालसहित एसिया भरमा सबैभन्दा बढी खाइन्छ । यसका दुई किसिम हुन्छन्, एउटा कालो र अर्को हरियो डाँठको हुन्छ ।

Comments

Back to top