फर्सीको मुन्टा खाँदा हुने फाइदाबारे जानौँ!

नेपालका हाटबजार तथा गाउँघरमा प्रशस्त मात्रामा उपलब्ध हुने फर्सीको मुन्टा र पात स्वास्थ्यको लागि अति लाभदायिक तरकारी हो। फर्सीको मुन्टा / सागमा विभिन्न पौष्टिक तत्त्वहरू पाइनुका साथै भिटामिन `ए´, `बि´६, `सि´, पोटसियम, फोलिक एसिड, क्यल्सियम, कपर, प्रोटिन, म्यग्नेसियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थहरू प्रशस्त मात्रामा पाइन्छ जुन स्वस्थ रहनका लागि अत्यावश्यक छन्।

फर्सीको मुन्टा नियमित सेवन गरेमा उच्च रत्तचाप, कोलेस्ट्रोल, क्यान्सर, जस्ता खतरनाक रोगबाट लड्न सक्ने क्षमता प्रदान गर्नुका साथै प्रजनन क्षमता वृद्धि गर्छ र निको समेत पार्न सक्छ। फर्सीको पातमा पाइने फाइबर र पोटासियमले हाम्रो पाचन प्रणालिलाई स्वस्थ राखेर कब्जियत, अपच, ग्यास्ट्रीक जस्ता अनेकौ पेट सम्बन्धी रोगहरू लाग्नबाट बचाउन मद्दत गर्नुका साथै मदुमेह तथा मुटु सम्बन्धी रोगलाई टाढा राख्ने गर्छ। फर्सीको पातमा पाइने एन्टिअक्सिडेन्टले हाम्रो बढ्दै गरेको उमेरलाई छेक्दै हामिलाई जवन देख्न मद्दत पुर्याउनका साथै भिटामिन `ए´प्रसश्त मात्रामा पाइने भएकोले हाम्रो आँखाको लागि पनि राम्रो हुन्छ। फर्सीको साग मात्र नभई फल पनि स्वस्थ्यका लागि फाइदाजनक भएकोले अहिले सबैले रुचाइएको तरकारीको रुपमा लिइन्छ।

हरियो सागपात मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । अझ हरियो साग खानाले आँखा तेजिलो हुने चिकित्सकहरु बताउँछन् । हरियो सागसब्जीमध्ये फर्सीको मुन्टामा अझ विशेष गुण हुन्छ।

त्यसो त फर्सी खानु पनि हाम्रो स्वास्थ्यको लागि निकै नै लाभकारी हो । तर, फर्सीको पात वा मुन्टा खानाले हामी विभिन्न रोगबाट जोगिन सक्छौँ । फर्सीको पातको साग वा फर्सीको मुन्टा खानुको फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । फर्सीको साग विभिन्न पौष्टिक तत्वले भरिएको हुन्छ ।

फर्सीको मुन्टा भिटामिन ई, सी, ए, बी-६, पोेटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थको राम्रो स्रोत हो । मानव स्वास्थ्यलाई स्वस्थ राख्नको लागि शरीरमा यी सबै खनिज तथा पौष्टिक तत्वको आवश्यकता पर्दछ ।

युएसडीए नेशनल न्युट्रिएन्टको अध्ययन अनुसार फर्सीको पातमा यति धेरै गुणहरु हुन्छ कि जसले खतरनाक रोगबाट जोगिन मद्दत गर्छ । फर्सीको साग आफ्नो नियमित भोजनमा खानुहुन्छ भने उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता खतरनाक रोगबाट सुरक्षित बन्न सकिने चिकित्सकहरु बताउँछन् ।

फर्सीको मुन्टा खानुका फाइदा: फर्सीको पातमा पाइने एन्टी–अक्सीडेन्टले बढ्दै गरेको उमेरलाई छेक्दै जवान देखाउनमा सहयोगी हुन्छ । मानिसहरुमा उच्च कोलेस्ट्रोलको समस्याले पीडा दिएको हुन्छ । तर, कोलेस्ट्रोलको समस्याबाट राहत पाउनका लागि फर्सीको मुन्टाको साग भने निकै उत्तम मानिन्छ ।

फर्सीको पातमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रण गर्नुका साथै तपाईँको मुटुलाई पनि स्वस्थ राख्नमा सहयोग पुर्‍याउँछ । त्यस्तै फर्सीको मुन्टाको साग खाँदा आँखा तेजिलो बन्छ । फर्सीको पातमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ । जुन हाम्रो आँखाको लागि राम्रो मानिन्छ । यसले प्रजनन क्षमतामा समेत वृद्धि गर्ने गर्छ ।

फर्सीको मुन्टाको सागले नष्ट भएको टेस्टीकुलर र स्पर्म बन्ने प्रक्रियालाई मद्दत पुर्याउँछ, जसको मद्दतले प्रजनन क्षमतामा वृद्धि हुन्छ । त्यस्तै, छाला सुन्दर बनाउन पनि फर्सीको मुन्टा लाभदायक मानिन्छ । फर्सीको पातमा पर्याप्त मात्रामा भिटामीन सी पाइन्छ, जुन हाम्रो छालाको लागि फाइदाजनक हुन्छ ।

भिटामीन सी ले छालामा भएको मृत तन्तुलाई जीवित बनाउन मद्दत गर्नुका साथै छालालाई स्वस्थ बनाइ राख्छ । यसले मधुमेह रोग नियन्त्रणमा पनि मद्दत पुर्‍याउँछ । फर्सीको मुन्टामा हाइपोग्लिसिएमिक नामक तत्व हुन्छ जसले ग्लुकोजको मात्रालाई कम गर्नमा मद्दत गर्छ ।

त्यतिमात्र नभएर फर्सीको मुन्टामा खतरनाक रोग क्यान्सरलाई समेत निको पार्ने गुण हुन्छ । फर्सीको पातमा पाइने फाइबरले क्यान्सरकारक कोषीकाहरुलाई रोक्नमा मद्दत पुर्याउने चिकित्सकहरु बताउँछन् । यसले पाचन प्रणालीलाई स्वस्थ राख्छ, पाचन प्रणाली स्वस्थ हुनु भनेको अधिकांश रोगबाट छुटकार पाउनु पनि हो ।

Comments

Back to top