एलोभेराका स्वास्थ्यवर्धक फाइदाहरु यस्ता छन् !

घिउकुमारी अर्थात् एलोभेरा प्राय: हाम्रो बगैँचामा देखिने बनस्पति हो । यसमा रहेका आश्चर्यजनक औषधीय गुणहरुको बारे हामीलाई थाहा नहुन सक्छ । आज हामी त्यही विषयमा चर्चा गर्न गईरहेका छौँ ।

घिउकुमारी करिब दुई सय ५० प्रजातिका हुन्छन्। यिनीहरु सबैमा औषधीय गुण लुकेको हुन्छ।

घिउकुमारीमा ७५ प्रतिशत पानी, ७० प्रतिशत मिनरल, इन्जाइम्स, प्रोटिन, एमिनो एसिड र भिटामिनजस्ता मानवस्वास्थ्यलाई चाहिने आवश्यक तत्त्व पाइन्छन्। यसको जुसको सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा पुर्याउँछ।

नियमित एलोभेराको जुस पिउँदा शरीरमा ऊर्जा बढ्नुका साथै रोगप्रतिरोधात्मक क्षमता बलियो बन्छ। एलोभेरामा पाइन्ने एन्टिफ्लेमेन्टरी नामक तत्त्वले शरीरमा भएका विषाक्त वस्तुलाई बाहिर निकाल्न मद्दत गर्छ।

एलोभेराका अन्य फाइदाहरु तल उल्लेख गरिएको छ:

  • दैनिक ५० ग्राम एलोभेराको जुस पिए क्यान्सररोगीलाई फाइदा गर्छ।
  • यसको सेवनले कब्जियत र मधुमेहजस्ता रोग नियन्त्रण गर्न मद्दत गर्छ।
  • एलोभेरा जुसको सेवनले छालामा निखार आउँछ ।
  • यसले छालालाई मुलायम र चमकदार बनाउँछ ।
  • छालामा आउने दाद, दाग र धब्बाका लागिसमेत यो लाभदायी हुन्छ।
  • एलोभेरा जुस खाएमा तौल घट्छ।
  • यसको प्रयोगले बारम्बार भोक लाग्ने समस्याबाट समेत छुटकारा मिन्छ।
  • साथै, एलोभेरालाई मुखको सफाइका लागि पनि प्रयोग गर्न सकिन्छ।

Comments

Back to top