मेथी खानाले हुन्छ यस्ता चमत्कारी फाइदा

मेथी दाना लगभग हरेक भान्सामा सजिलै उपलब्ध हुने चिज हो । यो एक मसला हो जसमा धेरै औषधीय गुणहरू छन्। मेथीको दाना धेरै आयुर्वेदिक औषधिहरूमा प्रयोग गरिन्छ।मेथी साग तथा मसलाको रूपमा प्रयोग गरिने वनस्पति हो । मेथीलाई सागकोरुपमा पनि हामीले प्रयोग गरिरहेका हुन्छौँ ।प्राचिन काल देखिनै यस्को औषधीय गुणका कारण तरकारी तथा औषधीको रुपमा प्रयोग गरिंदै आएको छ ।मेथीको दानामा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन-सी, नायसिन, पोटासियम र डायोसजेनिन पाइन्छन् । साथै मेथीमा अल्कालोइड्स, लाइसिन जस्ता स्वास्थ्यवर्दक तत्वहरू पनि पाइन्छन्। यसको सेवनले पेटको समस्यालाई टाढा राख्नुको साथै छाला र कपाललाई पनि फाइदा गर्दछ।

मेथीको दानाको प्रयोगले गर्भवती महिलाको समस्यादेखि महिलाको कपाल झर्ने समस्या सम्म सुल्झाउन मद्दत गर्छ । आजको यस लेखमा हामी मेथीको दानाका फाइदाहरूबारे जान्नेछौँ। मेथीको दाना सेवन गर्नाले स्वास्थ्यमा हुने फाइदाहरू यस प्रकार छन्:

  • मेथी दाना सेवन गर्नाले महिनावारीको समयमा हुने सम्पूर्ण समस्याबाट छुटकारा पाउन सकिन्छ।
  • मेथीले महिलामा स्तन वृद्धी गर्न सहयोग गर्छ । यसले महिलाले बच्चालाई खुवाउनका लागि दुधको उत्पादन पनि बढाइदिन्छ । महिलामा हुने विशिष्ट समस्यामा मेथीले औषधीको काम गर्छ ।
  • मेथीको दानामा पोटासियम काफि मात्रामा पाइन्छ जसले शरिरमा सोडियमको मात्रा नियन्त्रण गर्दछ र रक्तसञ्चार राम्रो बनाउन र मुटु स्वस्थ राख्न मद्दत गर्दछ।
  • मेथीमा पाइने एमिनो एसिडले शरिरमा इन्सुलिनको मात्रा नियन्त्रण गर्न मद्दत गर्दछ जसले डायविटिज हुने सम्भावना कम गर्दछ ।
  • मेथीमा भरपुर मात्रामा फाइबरको साथै एन्टि अक्सिडेन्ट पाइन्छ जसले बिकारयुक्त पर्दाथहरु बाहिर निकाल्न र पाचन प्रणाली राम्रो बनाउन मद्दत गर्दछ ।
  • मेथी दाना सेवन गर्नाले शरिरमा एसिड लेवल नियन्त्रण गर्दछ जसले एसिडिटीको समस्या टाढा राख्दछ ।
  • मेथीमा प्रसस्त मात्रामा फाइबर पाइने हुनाले नियमित यसको सेवनले शरिरको तौल घटाउन मद्दत गर्दछ ।
  • मेथीको दानाले हाम्रो शरिरको बिकारयुक्त पदार्थहरु बाहिर निकाल्न सहयोग गर्ने हुदाँ क्यान्सरको खतराबाट समेत बचाउँछ ।
  • मेथीमा पाइने एन्टिब्याक्टेरियल पदार्थले हामिलाई रुघाखोकी र भाइरल ज्वरो बाट बचाँउछ ।
  • यसमा पाइने एन्टिअक्सिडेन्टले छाला चम्किलो र स्वस्थ राख्न समेत मद्दत गर्दछ ।
  • मेथी दानामा पाइने पोटासियमले रक्तसञ्चार राम्रो बनाउछ जस्ले उच्च रक्तचापको समस्या नियन्त्रण गर्दछ ।
  • नियमित रुपमा बिहानै खालिपेटमा एक चम्चा मेथीसेवन गर्नाले कब्जियतको समस्या समेत ठिक हुन्छ ।

 

Comments

Back to top