काँक्रो खाँदा हुने अद्भुत फाइदाहरु
गर्मी मौसममा खाईने काँक्रो एक चमत्कारिक बनस्पति हो । काँक्रोमा धेरै पोषक तत्वहरू पाइन्छन् जसले यसलाई स्वास्थ्यका लागि आवश्यक बनाउँछ। काँक्रोलाई खनिज, भिटामिन र इलेक्ट्रोलाइट्सको पावरहाउस पनि भनिन्छ। स्यान्डविच, सलाद, राइतामा यो सबैभन्दा विशेष गरेर प्रयोग गरिन्छ ।
हामीहरु गर्मीमा काँक्रो कुनै न कुनै रूपमा खान्छौँ । तर काँक्रोसँग जोडिएको एउटा सावधानी पनि छ। त्यो हो काँक्रो खाएपछि पानी खान हुँदैन। काँक्रोमा ९५ प्रतिशत पानी हुन्छ । काँक्रोमा भिटामिन सी, भिटामिन के, कपर, म्याग्नेसियम, पोटासियम, म्यांगनीज र सबैभन्दा महत्त्वपूर्ण सिलिका जस्ता आवश्यक पोषक तत्वहरू पाइन्छ। काँक्रो खानु छाला र कपालको लागि धेरै लाभदायक मानिन्छ।
यसमा ९५ प्रतिशत पानी हुन्छ । त्यसैले काँक्रो खाएपछि पानी तुरुन्त पानी पिउनाले यी आवश्यक पोषक तत्वबाट हामी वञ्चित हुन सक्छौँ।
काँक्रो खादा स्वास्थ्यमा हुने फाइदाहरु जानिराखौं :
- काँक्रोमा पानीको मात्रा ९५ प्रतिशत हुन्छ। मानिसको शरीरमा पानी आपूर्ति गर्न काँक्रो सबैभन्दा महत्वपूर्ण हुन्छ।
- सूर्यको किरणद्वारा उत्पन्न हुने समस्याका लागि काँक्रो लाभदायी हुन्छ। यसको बोक्रामा नै म्याग्नेसियम, पोटासियम र सिलिकनजस्ता तत्व हुन्छन्। यहीकारण यसलाई स्पा उपचारका लागि प्रयोग गरिन्छ।
- यसले शरीरमा भएको हानिकारक तत्वलाई प्रभावकारी रुपमा बाहिर निकाल्छ। मिर्गौलाको पत्थरीमा यो निकै लाभकारी मानिन्छ।
- काँक्रो एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ। यसमा पाइने भिटामिन ए, बि र सिले रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ र अल्छी लागेको बेला काँक्रो खाने हो भने त्यसले धेरै उर्जा दिन्छ।
- पोषण र पानी पाइने भएकाले काँक्रोले तौल घटाउन पनि मद्दत गर्छ।
- यसको टुक्राले आँखाको रातोपना र सुन्निएको घटाउन सहयोग गर्छ।
- धेरै अध्ययनहरुले के पुष्टि गरेका छन् काँक्रोमा पाइने तत्वहरुले क्यान्सरसंग लड्न मद्दत गर्छन्।
- रक्तचापलाई स्थिर राख्न पनि यसले मद्दत गर्छ।
- मुख र गिजालाई ताजा राख्न र गिजाका समस्या समाधान गर्न पनि यसले सहयोग गर्छ।
- यसमा पाइने फाइबर र पानीले खाना पचाउन सहयोग गर्छ।
- काँक्रोमा पाइने सिलिका कपाल, नङ र छालाका लागि महत्वपूर्ण मानिन्छन्, त्यसैले काँक्रो सौन्दर्यता बढाउने खाद्यपदार्थ हो।
- यसमा पाइने उच्च एन्टिअक्सिडेन्टले जोर्नी दुखाईलाई पनि मद्दत गर्छ।
- यसले युरिक एसिडको लेभललाई पनि घटाउँछ।
- यसले इन्सुलिन उत्पादनका लागि प्याङक्रियाजलाई सहयोग गर्छ । त्यसैले काँक्रो मधुमेहका रोगीका लागि उपयोगी हुन्छ।
Comments