पस्मिना व्यवसायी दुर्गा विक्रम थापाकाे जीवनयात्रा
वि.सं २०२५ मा सिन्धुलीको गोलञ्चौर गाउँपालिकामा जन्मिएका दुर्गा विक्रम थापा विगत लामो समय देखि व्यावसायिक क्षेत्र अन्तरगत पश्मिना व्यवसायमा संलग्न रहँदै आएका छन् । विगतमा कार्पेट उत्पादनको अनुभव समेटेका उनी हाल पश्मिना उद्योगीको रुपमा परिचित छन् । व्यावसायीहरुको संस्था नेपाल पश्मिना उद्योग संघका अध्यक्ष समेत रहेका थापा नेपालमा पश्मिना व्यवसाय विभिन्न उतारचढाव पार गर्दै पछिल्ला बर्षहरुमा भने राम्रै तवरले अघी बढिरहेको बताउँछन् । पशुपति क्याम्पसबाट स्नातक तह सम्मको अध्ययन पूरा गरेका उनीले शुरुका दिनमा कार्पेट फ्याक्ट्रीलाई धागो सप्लाई गर्ने कार्य, आफैं उत्पादन, आफैंले मार्केटिङ र निर्यात लगायतका काम गर्दै व्यावसायिक यात्रालाई अघी बढाएका हुन् ।
सन् १९९९ देखि पस्मिना क्षेत्रमा संलग्न भएका थापा त्यो भन्दा पहिले कार्पेट उत्पादन कार्यमा संलग्न छन् । क्यानडामा आयोजना भएको एक मेलामा कार्पेट व्यवसायीको रुपमा सहभागि भएका कार्पेटको अर्डर काम रहेको तर पश्मिनाको माग राम्रो रहेको पाएसँगै पश्मिना उत्पादन क्षेत्रमा लगानी विस्तार गरेको बताउँछन् ।
पारिवारिक पृष्ठभूमि र व्यावसायिक अनुभव
विगतमा आफ्नो बुबा कृषि, शिक्षक हुँदै निर्माण व्यवसायमा समेत संलग्न रहेकाबाट दुर्गा विक्रम थापा पनि उत्प्रेरित भएको थिए । वि.सं २०४० मा अध्ययन अघी बढाउने योजनासाथ काठमाडौं प्रवेश गरेका थापा काठमाडौंमा विभिन्न तीतामीठा अनुभव समेट्दै शिक्षा र जागिरलाई सँगै अघी बढाए । आफूले सिकेको सीपको उपयोग गर्ने क्रममा नै उनी एक सफल उद्यमी बन्न बन्न सकेका हुन् । वि.सं ०४७ देखि आफैं विशेष जोखिमता बीच व्यावसायिक क्षेत्रमा होमिएका थापा निकै सङ्घर्षपूर्ण यात्रा बीच आफूलाई अघी बढाइ नै रहे ।
कार्पेट व्यवसाय
शुरुका दिनमा नेपाली कार्पेटको माग विश्वबजारमा नै राम्रो रहेपनि पछि भने कम गुणस्तरको कार्पेट समेत निर्यात हुन थालेपछि नेपाली कार्पेटको बजार विस्तारै घट्दै गयो । ०५०/५२ तिर ३६ लाख वर्गमिटर भएको कार्पेट केही समयमा नै ३२ लाखमा झ¥यो । आफैंले करिब १ सय ५० व्यक्तिहरुलाई रोजगारी दिएका थापाको व्यवसायमा पनि कमी भयो । कामदारहरुको सङ्ख्या घटाउनुप¥यो । पछि थापाले पस्मिना क्षेत्रमा लगानी विस्तार गरे । साथै थापाले युके, जर्मनी, अमेरिका लगायतमा समेत आफ्नो व्यवसाय विस्तार गरे ।
व्यवसाय परिवर्तन बारे बताउँदै थापाले भने, ‘नेपालमा उत्पादित कार्पेटको विश्वव्यापी बजार खस्कँदै गएको अवस्थामा मैले पश्मिनाको क्षेत्रमा लगानी विस्तार गरेको हुँ । कार्पेट र पश्मिना उद्योग धेरै हिसाबले एउटै प्रकृतिका भएका हुनाले पश्मिना उद्योग सञ्चालन गर्न खासै गाह्रो भएन ।’
शुरुमा दिनमा व्यवसाय र आर्थिक स्रोतको व्यवस्थापन
सानो पुँजीबाट व्यवसाय शुरु गर्नुभएका थापा काठमाडौंका एक जना साथीसँगको व्यावसायिक साझेदारीमा व्यवसाय शुरु गरेका हुन् । आफूले ५० हजार रकम व्यवस्थापन गरी साझेदार मित्रको घरलाई धितो राखी कर्जा लिएर आफूले व्यवसाय शुरु गरेको अनुभव सुनाउँछन् ।
शुरुका दिनमा मासिक ३ सय मिटर उत्पादनबाट शुरु गरेको कार्पेट मासिक २५ सय मिटर सम्म फैलाउन थापा सफल भए। कार्पेट व्यवसाय २०५३ सम्म राम्रै थियो । तर पछि कारोबार घट्दै गएको अवस्थामा नेपालमा यस क्षेत्रमा रहेर काम गरिरहेका अन्य साथीहरु अमेरिका लगायतमा पलायन समेत भए । तरपनि थापा आफू भने नेपालमा नै रहेर काम गर्नुपर्छ भन्ने मान्यतामा दृढ रहे ।
बाह्य परिस्थितिको प्रभाव
नेपालमा आफूले व्यवसाय विस्तार गर्ने क्रममा अधिकांश समय प्रतिकूलता बीच नै काम गर्नुपरेको थापा बताउँछन् । २०४६ को जनआन्दोलन पश्चात् बनेको नीति नेपाली उद्योगीहरुलाई लक्षित गरेर ल्याइएको राम्रो नीति भएपनि त्यसपछिको मध्यावधि निर्वाचन, जनयुद्ध, कामदार आन्दोलन लगायतका अन्य अवस्था भने उद्योगी व्यवसायिक दृष्टिकोणले प्रतिकूल परिस्थिति बन्न पुगे ।
संस्थागत यात्रा
निरन्तर रुपमा पश्मिनाको रुपमा काम गर्दै अघी बढिरहँदा व्यावसायिक संस्थाको आवश्यकता महसुस गरेर नेपाल पश्मिना उद्योग संघको स्थापना गरिएको हो । उक्त संघमा संस्थापक सचिव, महासचिव, उपाध्यक्ष हुँदै हाल थापा अध्यक्षको भूमिका निर्वाह गरिरहेका छन् ।
एजेन्सी
Comments