वायु प्रदुषणको असर कम गर्न के खाने ?

वायु प्रदुषणबाट बच्नका लागि हामी बाहिर हिँड्दा मास्क लगाउने तथा अत्यधिक हावाहुरी चलिरहेको अवस्थामा बाहिर नकिस्कने । साथमा घरमा हुने प्रदुषण कम गर्नका लागि सरसफाईमा ध्यान दिनु पर्दछ । यसरी नै प्रदुषणको असर कम गर्नका लागि केही खानेकुराहरु पनि छन् जसको नियमित सेवनले प्रदुषणको असरलाई कम गर्न सकिन्छ ।

बेसार
बेसारमा औषधीय गुण हुन्छ त्यो त सबैलाई थाहा छ । बेसार स्वास्थ्यका लागि एकदमै धेरै लाभकारी मानिन्छ । चोट तथा दुखाईको समस्यामा बेसारको सेवन गरिन्छ । बेसारमा करक्यूमिन पाइन्छ, जसले वायु प्रदुषणको गम्भीर असरलाई रोक्ने गर्छ । प्रदुषणको कारणले फोक्सोमा संक्रमण हुन सक्छ, जसबाट बच्नका लागि नियमित रुपमा बेसारलाई आफ्नो खानपानमा समावेश गर्नु पर्दछ ।

साग तथा हरियो तरकारी
डाक्टरहरुले पनि हरियो साग तथा तरकारी खाँदा प्रदुषणबाट हुने संक्रमण कम हुने बताउँछन् । तरकारी तथा सागहरुमा एन्टीअक्सीडेन्ट गुण पाइन्छन् जसले इन्फ्लामेशनलाई नियन्त्रण गर्छ ।

आलसको बीज
वायु प्रदुषणले मुटु र फोक्सो कमजोर हुन्छन् । तर प्रदुषणको प्रभावबाट बच्नका लागि शरीरलाई बलियो बनाउनु पर्छ । यसका लागि दैनिक रुपमा आलसको बीजको सेवन गर्न राम्रो मानिन्छ । यसमा ओमेगा ३ फ्याटी एसिड भरपूर मात्रामा पाइन्छ । दमका रोगीहरुले पनि आलसको बीजको सेवन नियमित रुपमा गर्नु पर्दछ ।

अमला
अमलामा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । हावामा हुने हानिकारक पदार्थहरुको कारणले सेलुलरहरु ड्यामेज हुन थाल्छन् । जसलाई अमलाको सेवन गरेर रोक्न सकिन्छ । वायु प्रदुषणको प्रभावको असरलाई कम गर्नका लागि दैनिक रुपमा अमलाको सेवन गर्नुहोस् ।

एजेन्सी

Comments

Back to top