बच्चालाई निमको पातको पानीले नुहाइदिनुका फाइदा
निमको पातमा कैयौं यस्ता गुणकारी तत्वहरु पाइन्छन् जसले बच्चाहरुलाई एकदमै फाइदा गर्दछ । आउनुहोस् बच्चाहरुलाई निमको पातको पानीले नुहाइदिँदा कस्ता लाभहरु पाइन्छ ।
यदी बच्चाहरुको कपालमा जुम्रा परेका छन् भने उनीहरुको टाउकोमा निमको पातको लेदो बनाएर लगाउनुहोस् । बच्चालाई नियमित निमको पानीले नुहाउने गरेमा कपालमा जुम्रा आदिको समस्या हुँदैन ।
त्यस्तै बच्चाहरु एकदमै धेरै खेल्छन् जसले गर्दा पसिनाबाट दुर्गन्ध आउने समस्या पनि हुन्छ । यसका लागि पनि बच्चालाई निमको पातको पानीले नुहाइदिने गरेमा गन्ध हराउँछ ।
विभिन्न व्याक्टेरियाको संक्रमणले बच्चाहरुको शरीर तथा अनुहारमा विभिन्न घमौरा तथा बिबिराहरु आएको छ भने पनि निमको पातको लेदो बनाइ लगाएर नुहाउँदा फाइदा पुग्छ ।
प्रायः बच्चाहरुले खेल्ने क्रममा फोहोर हातले आँखा छुने गर्दा आँखामा संक्रमणको जोखिम हुन्छ । यस्तोमा निमको पातको पानीले आँखा सफा गर्दा फाइदा हुन्छ ।
यदी कपालमा चायाँको समस्या छ भने विभिन्न रसायन प्रयोग गरिएका स्याम्पु तथा साबुनको प्रयोग गर्नुभन्दा निमको पात पिसेर त्यसको लेप लगाइदिने र नुहाइदिने गरेमा चाँया हराउँछ ।
गर्मी मौसममा बच्चाहरुलाई प्रायः घमौरा हुने समस्या देखिन्छ। जसलाई निमको पातको पानीले नुहाउने गरेमा घमौरा हराउँछ ।
एजेन्सी
Comments