जाडोमा सुन्तला खानुका छन् धेरै फाइदा

सुन्तला एउटा स्वादिष्ट र स्वास्थ्यको लागि फाइदाजनक फल हो । सुन्तलामा भिटामिन सी को प्रचुर मात्रा हुन्छ, जसले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुका साथै अन्य धेरै लाभ प्रदान गर्दछ ।

सुन्तलामा भिटामिन सी मात्र होइन, यो भिटामिन ए, बी १, क्याल्सियम, पोटासियम र फस्फोरसको पनि राम्रो स्रोत हो । जाडोको मौसममा सुन्तला खाँदा हुने फाइदा र यो खाने समयबारे जानौँ ।

रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ : सुन्तलामा पाइने भिटामिन सी ले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, जसले जाडोको मौसममा हुने रुघा, खोकी र ज्वरो जस्ता समस्याबाट बचाउँछ ।

छालालाई निखार्छ : भिटामिन सी र एन्टिअक्सिडेन्टले भरिपूर्ण सुन्तलाले छालाको हेरचाहमा मद्दत गर्छ । यसले छालामा कोलाजन बढाउन मद्दत गर्छ, जसले छाला जवान र चम्किलो रहन्छ ।

मुटुको स्वास्थ्यको लागि फाइदाजनक : सुन्तलामा पोटासियम र फाइबर हुन्छ, जसले रक्तचाप नियन्त्रण गर्न र मुटु रोगको जोखिम कम गर्न मद्दत गर्छ ।

जाडोको मौसममा सुन्तला किन खाने ?

जाडोको मौसममा हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ, जसले गर्दा हामीलाई रुघा, खोकी र फ्लू जस्ता समस्याहरूको सामना गर्नुपर्छ । सुन्तला यी समस्याबाट बच्न एक उत्कृष्ट फल हो ।

यसको पोषक तत्त्वले भरिपूर्ण गुणले जाडोमा शरीरलाई आवश्यक ऊर्जा र रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ । यसबाहेक जाडोमा धेरै मानिसले पानीको कमी सामना गर्छन्, जसले डिहाइड्रेशन हुन सक्छ । सुन्तला पानीको उच्च स्रोत हो, जसले शरीरमा पानीको कमीलाई पूरा गर्छ र हाइड्रेशन कायम राख्छ ।

कुन समयमा खानुपर्छ सुन्तला ?

सुन्तला कुनै पनि समयमा खान सकिन्छ, तर यदि तपाईं यसको बढी फाइदा लिन चाहनुहुन्छ भने  बिहानको समयमा, खानापछि र व्यायामपछि सुन्तला खाँदा शरीरलाई आवश्यक पोषण र ऊर्जा प्राप्त हुन्छ ।

एजेन्सी

Comments

Back to top