रूसले रातारात १८८ ड्रोन प्रक्षेपण गरेको युक्रेनको दाबी

रूसले युक्रेनमा रातारात १८८ वटा ड्रोन प्रक्षेपण गरेको युक्रेनी सेनाले मंगलबार जनाएको छ । ड्रोन हमलाले युक्रेनी भवनहरू तथा “महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेको सेनाले जनाएको छ ।

पछिल्लो समयमा मस्को र किभले ड्रोन र मिसाइल प्रक्षेपण विस्तार गर्दै आएका छन्, युक्रेनले भर्खरै रूसमा अमेरिकी लामो दूरीका मिसाइलहरू प्रहार गरेको छ भने क्रेमलिनले प्रयोगात्मक हाइपरसोनिक मिसाइलले यसको जवाफ दिएको छ ।

सेनाले रूसले मानव रहित अज्ञात ड्रोनहरू प्रहार गरेको जनाउँदै ड्रोनहरू इरानी डिजाइनका रहेको उल्लेख गरेको छ । सेनाले १७ स्थानमा ७६ वटा रुसी ड्रोन खसालेको तथा अन्य ९५ वटा इलेक्ट्रोनिक रक्षात्मक प्रणालीद्वारा ड्रोन खसालिएको जनाएको छ ।

युक्रेनको राजधानी किएभ सहरका अधिकारीहरूलाई उदृत गर्दै हवाई सतर्कता पाँच घण्टा चलेको र त्यहाँ दश वटा रूसी ड्रोनहरू खसालिएको एएफपीले जनाएको छ । 

एजेन्सी

Comments

Back to top