यो वर्ष रुसको अन्न निर्यात ठूलो मात्रामा घट्ने

यस वर्षको कृषि सिजनमा रुसको अन्न निर्यात ठूलो मात्रामा घट्ने भएको छ । अघिल्लो सिजनको तुलनामा यो सिजनको निर्यातमा ७ करोड २० लाख टनले कमी आउने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

यो वर्ष रुसले ५ करोड ५० लाख टन अन्न निर्यात गर्ने लक्ष्य लिएको छ । रुसी समाचार एसेन्सी तासका अनुसार रुसमा यो सिजन अर्थात् गएको जुन महिनादेखि आउँदो जुन महिनासम्म १३ करोड ३० लाख टन अन्न उत्पादन भएको छ। जसमा ८ करोड ३० लाख टन गहुँ रहेको छ ।

उपप्रधानमन्त्री दिमित्री पत्रुशेभले रुसको अन्न उत्पादनले आन्तरिक बजारको मागलाई पूर्ण रूपमा धान्ने बताएका छन्। उनले कच्चा पदार्थ तथा प्रशोधित उत्पादन दुवैको उच्च निर्यात क्षमतालाई कायम राख्न पनि रुस सक्षम हुने दाबी गरेका छन् ।

रुसी किसानले यस वर्ष कठिन मौसमको सामना गर्नुपरेको छ । बाक्लो हिउँ, चर्को गर्मी र भारी वर्षाका कारण उत्पादनमा कमी आएको खबरमा उल्लेख छ ।

एजेन्सी

Comments

Back to top