रोयल इन्फिल्डको भारतमा रोयल इन्फिल्ड स्क्राम ४४० सार्वजनिक

रोयल इन्फिल्डले भारतमा रोयल इन्फिल्ड स्क्राम ४४० सार्वजनिक गरेको छ । यो हिमालयन ४११ र स्क्राम ४११ जस्तै च्यासिसमा आधारित छ, तर अब यसमा बोर–आउट इन्जिन दिइएको छ जसले पहिले भन्दा धेरै शक्ति र टर्क जेनेरेट गर्नेछ। स्क्राम ४४० ट्रेल र फोर्स गरी दुई भेरिएन्टमा उपलब्ध छ । यसलाई ५ कलर अप्सनमा ल्याइएको छ ।

सो बाइकको डिजाइन स्क्राम ४११ जस्तै डिजाइन गरिएको छ। डिजाइनमा नयाँ कुरा भनेको एलईडी हेडलाइट र नयाँ फङ्की कलर स्किम हो ।

यसमा डिजाइन स्क्राम ४११ मा जस्तै सिल्हुट र ठुलो इन्धन ट्याङ्की छ। साथै, यसमा पातलो टेल सेक्शन दिइएको छ, जसले बाइकलाई निकै आकर्षक बनाएको छ ।

रोयल इन्फिल्ड स्क्राम ४४० मा ४४३ सीसी सिंगल सिलिन्डर एयर र आयल कुल्ड इन्जिन छ, जुन हिमालयन ४११ को बोर(आउट संस्करणमा आधारित छ।

यसमा जडान गरिएको इन्जिनले २५।४ पीएसको पावर र ३४ एनएमको टर्क जेनेरेट गर्छ । यसको इन्जिन ६ स्पिड गियरबक्ससँग जोडिएको छ ।

यसमा हाफ डुप्लेक्स स्प्लिट क्र्याडल फ्रेम दिइएको छ । साथै १९० एमएम सस्पेन्सन ट्राभलको साथ ४१ एमएम टेलिस्कोपिक फोर्क र १८० एमएम ह्विल ट्राभल भएको मोनोसक दिइएको छ ।

बाइकको अगाडि ३०० एमएम डिस्क ब्रेक र पछाडि २४० एमएम डिस्क ब्रेक छ। बाइकमा १९ इन्चको फ्रन्ट र १७ इन्चको रियर टायर छ ।

सो बाइकमा नयाँ एलईडी हेडलाइट र इन्स्ट्रयुमेन्ट क्लस्टर छ। यसमा ओडोमिटर, ट्रिप मिटर र फ्युल गेज देखाउने सानो डिजिटल इन्सेटसहितको एनालग स्पिडोमिटर रहेको छ।

यसमा ट्रिपर नेभिगेसन पोड पनि छ । बाइकमा ड्युअल च्यानल एबीएस र पछाडि स्विच गर्न मिल्ने एबीएस रहेको छ।

कम्पनीले हालसम्म सो बाइकको मूल्यको बारेमा केही खुलासा गरेको छैन । तर रिपोर्टका अनुसार सो बाइकको मूल्य २ लाख ३० हजार भारु हुन सक्ने अनुमान गरिएको छ । सो बाइक जनवरी २०२५ मा डेलिभरी सुरु गरिने छ ।

एजेन्सी

Comments

Back to top