भारतीय प्रधानमन्त्री मोदीनिकट अर्बपति अदानीविरुद्द अमेरिकामा पक्राउ पूर्जी जारी, अब रेड नोटिस जारी हुन्छ
भारतका व्यापारी गौतम अदानीविरुद्ध अमेरिकामा पक्राउ पुर्जी जारी भएको छ ।
अदानीविरुद्ध पूर्वी जारी भएको र अमेरिकी अदालतले यसलाई खोलिदिएको आफ्नो स्रोतले पुष्टि गरेको भन्दै आजतकले समाचार छापेको छ ।
विदेशी कानुन प्रवर्तनलाई दस्ताबेज सुम्पिन सकियोस् भनेर पुर्जी खोलिएको बताइएको छ । अमेरिकी अदालतका न्यायाधीश रोबर्ट एम लेभीले सन् २०२१ को अक्टोबर ३१ मा यसलाई खोल्ने आदेश दिएका थिए । न्यूयोर्कको पूर्वी जिल्लाका वकिलले पक्राउ पुर्जी खोल्नका लागि एउटा याचिका दायर गरेका थिए ।
याचिकामा अडानीविरुद्ध अभियोग आशिंक रुपमा खोल्न र विदेशी कानुन प्रवर्तनलाई यो दस्ताबेज उपलब्ध गराउने उद्देश्यले पक्राउ पुर्जी खोल्न माग गरिएको थियो । अडानीले आफ्नो कम्पनी अडानी ग्रिन एनजीलाई एउटा सौर्य परियोजनाको करार दिलाइदिन भारतीय अधिकारीहरूलाई घूस दिएको आरोप अमेरिकी न्याय मन्त्रालय र शेयर नियामक सेकले लगाएका थिए ।
गौतम अदानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकटका हुन्। सन् २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्रीमा उदय भएपछि अदानी विश्वको धनीको सूचीमा उक्लीएका थिए । अदानीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले लामो समयसम्म पक्राउ नपरे अमेरिकि प्रहरीले इन्टरपोलमा रेड नोटिस जारी गर्न सक्छ ।
एजेन्सी
Comments