२० वर्षमुनिको महिला साफ च्याम्पियनशिप बङ्गलादेशमा हुने

दक्षिण एशियाली फुटबल महासङ्घ साफले २० वर्षमुनिको महिला च्याम्पियनशिप बङ्गलादेशमा आयोजना गर्ने भएको छ।

साफ कमिटिले गरेको छलफलपछि २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप बङ्गलादेशमा गर्ने तय भएको हो ।

प्रतियोगिता सन् २०२५ फेब्रुअरी ११ गतेदेखि २५ तारिखसम्म हुनेछ । यस्तै बैठकले १९ वर्षमुनिको पुरुष साफ च्याम्पियनशिप भने भारतमा गर्ने निर्णय गरेको छ ।

यो प्रतियोगिता सन् २०२५ को नोभेम्बर ५ देखि १५ तारिखसम्म हुनेछ । 

एजेन्सी

Comments

Back to top