गरिमा म्यूचूअल फन्ड धितोपत्र बोर्डबाट स्वीकृत

गरिमा म्यूचूअल फन्ड नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएको छ । गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘गरिमा म्युचूअल फण्ड’ अन्तर्गत पहिलो बन्दमुखी (क्लोज–इन्डेड) योजनाको रूपमा ‘गरिमा समृद्धि योजना’ धितोपत्र बोर्डबाठ स्वीकृत भएको हो।

गरिमा समृद्धि योजनाको आकार एक अर्ब बराबरको रहेको छ । गरिमा क्यापिटलले यो योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाई निष्कासन गर्नेछ ।

बोर्डको स्वीकृति पाएसँगै अब छिट्टै नै सार्वजनिक रूपमा योजना निष्कासन हुन लागेको कम्पनीले जनाएको छ । गरिमा विकास बैंकको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।

कम्पनीले सामूहिक लगानी कोषको योजना व्यवस्थापन बाहेक लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य (डिम्याट तथा मेरो सेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएको छ ।

एजेन्सी

Comments

Back to top