तौल कम गर्नका लागि गुडको प्रयोग

गुडको सेवन गर्नु एकदमै फाइदाजनक मानिन्छ । यसमा जिंक, क्याल्शियम र अन्य कैयौं पोषक तत्वहरु पाइन्छन् । यदि तपाईं तौल कम गर्न चाहनु हुन्छ भने पनि गुड एकदमै फाइदाजनक हुन्छ ।

गुडको स्वाद गुलियो हुन्छ तर पनि तौल कम गर्नका लागि एकदमै फाइदाजनक मानिन्छ । यसमा पाइने पोटाशियमले तौल कम गर्न मद्दत गर्दछ । तौल कम गर्न लागि यसलाई कसरी सेवन गर्ने भनेर हामीले बताउनेछौं ।

गुडको चिया

तौल कम गर्न चाहनुहुन्छ तर तपाईं आफ्नो चिया छोड्न सक्नुहुन्न भने चिनीको ठाउँमा गुडको प्रयोग गर्नुहोस् ।

गुड र चना

बिहानको नास्तामा तपाईं धेरै चिल्लो चिज नखाएर भिजाएको चनासँग गुड खान सक्नुहुन्छ । यो एकदमै स्वास्थ्यका लागि फाइदाजनक तथा तौल कम गर्न उपयोगी हुन्छ ।

अदुवा र गुड

तौल कम गर्नका लागि तपाईं अदुवा र गुड मिसाएर पनि सेवन गर्न सक्नुहुन्छ । यसरी हरेक चिनी तथा गुलियोको ठाउँमा तपाईं गुडलाई नै प्रयोग गर्न सक्नुहुन्छ । जो तौल कम गर्नका लागि सजिलो उपाय हुनेछ ।

एजेन्सी

Comments

Back to top