जिउदो सिद्दान्त बोकेर हिंड्ने : मदन भण्डारी
असार १४, नेपाल आमाले एक कुशल राजनीतिज्ञ जन्माएकी दिन, एउटा ऐतिहासिक व्यक्तित्वको जन्म भएको दिन, एउटा सुनैलो दिन जुन दिन नेपालका एक कुशल राजनीतिज्ञ मदन भण्डारीको जन्म भएको थियो ।
असल राजनीतिज्ञ त्यो हो जसले राजनीतिलाई गन्तब्य होइन माध्यम बनाउछ । त्यो माध्यम जसले समाजको अन्धकारलाई चिरेर उज्यालो प्रदान गर्छ। जसले समाजको मुहार फेर्छ। जो जनताको लोकप्रिय हुन्छ र जसले देश र जनताको रक्षालाई मुख्य लक्ष बनाउछ ।
त्यस्तै सधै जनताको आवाजलाई माथि राखेर जनताको बहुदलिय जनवादलाई आत्मासाथ गर्दै देशलाई परिवर्तनको दिशा दिने एक महान जननेता हुन मदन भण्डारी ।
‘जीवन सिद्दान्तका लागि होइन सिद्दान्त जीवनका लागि हुनुपर्छ’ भन्ने मन्यता राख्ने जननेता मदन भण्डारी, वि. स. २००९ असार १४ गते ताप्लेजुङ्को ढुङ्गेसागुमा जन्म लिएका थिए । भण्डारी देबिप्रसाद भण्डारीका माइला छोरा मदन भण्डारी जसले आफ्नो बाल्यकाल ताप्लेजुङमै बिताए । भण्डारीले प्राथमिक तहको शिक्षा पनि गाउँबाट नै हासिल गरे। गाउँको शिक्षा सकाए पछि वि. सं २०२४ मा मोरङको इटहरामा उनी र उनको परिवार नै बसाइ सर्यो । त्यसपछि उच्च शिक्षा हासिल गर्नका लागि उनी भारतको मथुरमा गएका थिए। मथुरामा २ वर्ष को अध्ययन पछि वि.सं. २०२८ सालमा बनारस गएका थिए। बनारसमा नै पढाईको सिलसिलामा भारतका प्रमुख कम्युनिष्ट राजनीतिज्ञहरुसंगको भेट पछि नै उनको कम्युनिष्ट बिचारधाराप्रति लगाव बढेको थियो । उनमा वि.सं २०२८ सालमा बनारसमा अध्ययनरत हुँदा नै बामपन्थि राजनीतिको प्रभाव परिसकेको थियो। पढाइमा धेरै तेजिला उनले विद्यार्थी जिवनमा धेरै जनवावी लेख, कविता र गीतहरु पनि लेखेका थिए । तिनै गीतहरुले धेरैलाई कम्युनिष्ट विचारधाराप्रति आकर्षित गरेको थियो । जुनबेला नेपालमा निरङ्कुश पञ्चायत शासन थियो। पञ्चायतले कम्युनिष्टलाई आफ्नो शत्रु ठान्थ्यो । त्यसबेला उनी पञ्चायतको बिरुद्धमा बादलले ढाकेको आकाशमा चन्द्रमा उदाएझैँ खडा भएका थिए । वि.सं. २०२८ सालमा तत्कालीन राजनीतिज्ञ कृष्णप्रसाद भट्टराइ र पुष्पलाल श्रेष्ठसंगको भेट पछि नै उनी सक्रिय राजनीतिमा लागेका थिए । त्यस्तै वि.सं २०२९ मा पुष्पलाल श्रेष्ठको पार्टीले निर्माण गरेको जनवादी सांस्कृतिक मोर्चाको केन्द्रीय सदस्यको भुमिका निर्वाह गरेका उनी वि.सं २०३० मा पार्टीको पुर्णकालिन सदस्य भएका थिए।
अन्याय सहनै नसक्ने, आफ्नै खालको विद्रोही स्वभाव भएका, उच्चतम ज्ञानकाे आधार भएका, शाहस निडर र साहित्य सिर्जना मार्फत नविन चिन्तनको विकास गरेका उनले वि.सं. २०३३ सालमा आफ्नै सङ्गठन मुक्ति मोर्चा र मालेको एकिकरण गरे । भण्डारीले नेपाली राजनीतिलाई कम्युनिष्ट पार्टीहरूको एकीकरण र नयाँ राजनीतिक रूपान्तरणको लागि नीतिगत र कार्यक्र पुनर्संरचनाको खाका सिकाउनुभएको थियो। वि.सं. २३४ मा गठन भएको नेपाल कम्युनिष्ट पार्टीको संस्थापक सदस्य भएका उनी पार्टी सहित पुर्ण रुपमा भुमिगत भएर काम गरे। त्यसैगरी वि.सं. २०४१ साल बैशाखमा पार्टीको पोलिट ब्युरो सदस्य भएका र वि. सं. २०४६ मा ने. क.पा एमालेको चौथो माहादिवेशन पछि महासचिव बनेका उनले सधै देश र जनताको स्वार्थ लाई अगाडि राखेर काम गरे । उनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादले अहिले पनि नेपालको कम्युनिष्ट आन्दोलनलाई वैचारिक रुपले मार्गदर्शन गर्छ। सिद्दान्तमा अडिग, देश र जनताको हितमा काम गर्ने, जनताको आवाज बन्ने , सामान्य जिवन मन पराउने, जनतासंग सम्बन्ध राख्ने, जनप्रिय भण्डारीको विवाह वि. सं २०३९ मा भोजपुरकि बिद्यादेवी पाण्डेसंग भएको थियो । हाल विद्यादेवी भण्डारी नेपालकै पहिलो महिला राष्ट्रपति जस्तो सम्माननीय पदमा रहनुभएको छ ।
मदन भण्डारी वि.सं. २०४६ सालमा ३० वर्षे पञ्चायती व्यवस्थाका विरुध्दमा भएको आन्दोलनको नेतृत्वकर्ता थिए । त्यस्तै २०४६ साल चैत्र २६ गते नेपालबाट पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनस्थापना भएको थियो । जननेता भण्डारीले सार्वजनिक रुपमा संबिधानमा रहेको श्रीपेचकाे सरकार हटाई नेपाल सरकार राख्नुपर्ने तथा शाहि सेना हटाएर नेपाली शेना हुनु पर्ने र सरकारी र सार्वजनिक संस्थान तथा निकायमा रहेको शाहि शब्द हटाउनु पर्ने प्रस्ताव निर्धक्क साथ राखेका थिए।
मृत्यु संसारको रीत हो, प्रकृति को नियम हो । मानिस जन्मे पछि अवश्य मर्नुपर्छ । त्यस्तै कुशल परिपक्व बिचार भएका, निस्वार्थ भावना भएका, लेखक, राजनीतिज्ञ, संगठनकर्ता, समाजसेवी, निडर, शाहसी, जनताका प्रिय नेता भण्डारीको वि.सं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा पोखरा बट पार्टी कार्यक्रमबाट फर्कने क्रममा रहस्यमय दुर्घटनामा निधन भयो ।
भ्रष्टचार र नेताहरुको व्यक्तिगत स्वार्थले भरिएको अहिलेको समयमा साँच्चै नै हाम्रो देशलाइ मदन भण्डारी जस्ता जननेता को खाँचो छ । उनको उदाहरणीय कामको व्याख्या संसारभर हुन्छ । उनी जस्ता जननेताको फेरि पनि नेपालमा उदय भए जनताको दबिएको आवाज बाहिर आउथ्यो कि ?
संकटमा जसको सम्झना हुन्छ, ऊ आशा र भरोसाको एउटा पुञ्ज हो। त्यस्तै पुञ्य व्यक्तित्व मदन भण्डारी सधैं अमर छन्।
एजेन्सी
Comments