पार्कर खेलाडी दिनेश सुनारलाई यस वर्षको अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार

नेपालका पार्कर खेलाडी दिनेश सुनारलाई यस वर्षको अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार प्रदान गरिएको छ । १८ पटक गिनिज विश्व रेकर्डमा नाम लेखाउन सफल सुनारले खेल क्षेत्रसँगै समाजमा पुर्‍याएको उत्कृष्ट योगदानको कदर गर्दै नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा पुरस्कार प्रदान गरिएको हो ।

दिनेश सुनारले आफ्नो प्लेटफर्म र पार्काैर कौशललाई विश्व रेकर्ड कायम राख्न मात्र नभई युवाहरूलाई प्रेरणा दिन, स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्न र नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउँदै आएका छन् ।

मानवतावादी सेवा, सामाजिक कार्य र शान्ति निर्माणका क्षेत्रमा योगदान दिने व्यक्ति र संस्थाहरूलाई सम्मानित गरिने यो पुरस्कार स्वर्ण भारत परिवार नामक संस्थाले प्रदान गर्दै आएको छ । भारतका डा. बेनेट फर्नान्डेज, मेक्सिकोकी रीता अगुइलर गोन्जालेज, सिङ्गापुरकी डा. म्यारी एङ, अमेरिकाकी डा. लिनोरा पिटरसन, जिम्बाबेकी डा. प्याट्रिसिया गोन्डे, बेलायतकी अलिसन चिवारालगायत समाजमा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिएका एक हजार एक जनामध्ये दिनेश सुनार नेपालबाट एक जनामात्र रहेका छन् ।

पुरस्कार प्राप्त गरेपछि दिनेशले विश्वभरिका सामाजिक रूपमा प्रभावशाली र बौद्धिक व्यक्तित्वसँगै आफू पनि सम्मानित हुन पाउँदा आफूले गरेको मेहनतले सार्थकता पाएको महसूस भएको बताए ।

एजेन्सी

Comments

Back to top