हरेक दिन एक चम्चा मेथी एकदमै फाइदाजनक
मेथीको दानामा पोटासियम प्रसस्त मात्रामा पाइन्छ । जसले शरीरमा सोडियमलाई नियन्त्रण गर्ने काम गर्छ र रक्त सञ्चार राम्रो बनाउँछ । साथै यसले मुटुलाई स्वस्थ राख्न पनि मद्दत गर्दछ । त्यसैले दिनहुँ भिजाएर एक चम्चा मेथी खाँदा शरीरलाई विभिन्न फाइदाहरु प्राप्त हुन्छन् ।
– मेथीमा पाइने एमिनो एसिडले शरीरमा इन्सुलिनको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ जसले मधुमेह हुने सम्भावना कम हुन्छ ।
– मेथीमा फाइबरका साथै एन्टीअक्सीडेन्ट गुण प्राप्त हुन्छ जसले शरीरको विकारलाई बाहिर निकाल्ने काम गर्छ । यसले पाचन प्रणालीलाई समेत राम्रो बनाउँछ ।
– मेथी दाना सेवन गर्नाले शरीरमा एसिड लेवल नियन्त्रण गर्दछ जसले गर्दा एसिडिटीको समस्या टाढा भाग्छ ।
– मेथीमा प्रसस्त मात्रामा फाइबर पाइने भएकाले बिहानको भोकलाई नियन्त्रण गर्छ जसले गर्दा तौल कम गर्न मद्दत गर्छ।
– मेथीमा पाइने एन्टीब्याक्टेरियल तत्वले हामीलाई रुघाखोकी र भाइरल ज्वरोहरुबाट समेत जोगाउँछ ।
– यसको नियमित सेवनले छालालाई चम्किलो बनाउनका साथै कपालको स्वास्थ्य पनि राम्रो बनाउँछ ।
– नियमित रुपमा बिहान खालीपेटमा भिजाएको मेथी सेवन गर्दा कब्जीयतबाट राहत पाइन्छ ।
– यसले उच्च रक्तचाप नियन्त्रण गर्नुका साथै मधुमेहलाई कम गर्दछ ।
एजेन्सी
Comments