एकल महिलाको सफलताः ट्रक भाडाबाटै वार्षिक १५ करोडको कारोवार
चर्चित अमेरिकी कवि तथा दार्शनिक हेनरी डेभिड थोरिउले भनेका छन्, ‘सफलता तिनले मात्र पाउँछन्, जो त्यसको खोजिमा ब्यस्त हुन्छन्,’ । र, यो भनाईले ४२ बर्षिया मनमीत कौर चड्डाको जिवनीलाई ठ्याक्कै समेट्छ ।
निम्नमध्यम बर्गीय पञ्जाबी परिवारमा जन्मिएकी मनमीतको १८ बर्षको उमेरमा अमृतसरका एक किसानसँग बिवाह भयो। बैवाहिक जिवन अघि बढाउन आशा, उत्साह र चाहनाका साथ उनी अमृतसर पुगिन् । तर, नियतिको पोकोमा अरु नै केही कैद थियो । उनका पति अत्याधिक पियक्कड र शोसकको रुपमा पो देखा परे ! सम्बन्ध धेरै चल्न सकेन र उनीहरु छुट्टीए । तर, उनले त्यही सम्बन्धबाट सुन्दर छोरी जन्माइन्, जो अहिले अष्ट्रेलियामा उच्च शिक्षा हाँसिल गर्दैछिन् ।
सन् १९९९ मा मनमितले आफुभन्दा २० बर्ष जेठो मानिससँग दोस्रो बिवाह गरिन् । उनको जिवन राम्रो चल्दै थियो । तर, बिवाहको ३ बर्ष पछि उनको पतिलाई ‘प्यारालाइसिस’ भयो र लामो समय थलिए । अन्तत, सन् २००८ मा उनी बिते । उनी गाडी ‘फाइनान्सिङ’को कम गर्थे ।
कुनै औपचारिक शिक्षा र डिग्री नभएकी मनमीतले अन्तत भारतकै एक प्रतिष्ठित महिला ट्रान्सर्पोट (ढुवानी) उद्यमी बन्ने बाटो कोरिन् । हाल मुम्बईमा अवस्थित ‘चिराग क्यारिअर’ नामको उनको कम्पनीसँग १०० ट्रक छन् र बार्षिक कारोबार १५ करोडको हाराहारी छ ।
यी सफलता मनमीतले यसै हासिल गरेकी भने होइनन् । २० बर्ष लामो संर्घषको कथा छ उनीसँग । उनकै शब्दमा भन्दा ‘कडा मिहिनेत नै सफलताको एक मात्र बाटो हो । बाँकी कुराले त यसै पछ्याउँछन् ।’
शुरुका १० बर्ष मनमीतले आफ्ना स्वर्गीय पतिको गाडी फाइनान्सिङको ब्यवसायमा धेरै संर्घष गरिन् । तर, सफलता हात लागेन । पछिल्ला १० बर्ष भने सफलताको बाटोको यात्रा साबित भयो ।
सन् २००८–०९ मा गाडी फाइनान्सिङको ब्यवसायबाट हात लागेको सानो पुँजीबाट उनले दुईवटा ‘सेकेन्ड ह्याण्ड’ ट्रक किनिन् र चिराग क्यारिअर शुरु गरिन् , आफ्नो भाईसँग मिलेर ।
ब्यवसायको शुरुवाति दिनहरु सम्झदैं उनी भन्छिन्,‘ पतिको निधन पछि उहाँको फाइनान्सिङ ब्यवसाय सम्हाल्न मलाई धेरै कठिन भयो । ऋणीहरु समयमै ऋण तिर्न आनाकानी गर्ने र नयाँ गाडी भने ल्याइरहनुपर्ने अवस्था थियो । अनी मलाई ब्याजबाट आएको पैसाले आफ्नो छोराछोरी हुर्काउन पनि खासै मन लागेन ।’
‘त्यो समय मेरो भाई जसभिन्दर सिंह बिन्दर २ वटा ट्रकको साथ यो ब्यवसायमा थियो । मलाई लाग्यो उसको सहयोगले म मेरा छोराछोरीका लागि केही अम्दानी गर्न सक्छु । आज हामीले जे–जती उपलब्धी हासिल गरका छौं त्यो सबै मेरो भाईको सहयोगका कारण हो । ट्रकको ब्यवसाय शुरु गर्ने प्रेरणा भने हामीले बुवाको माध्यमबाट पाएका हौं । हाम्रो बुवासँग पनि केही ट्रकहरु थिए । उहाँको ब्यवसायबाट हामीले केही सिकेका थियौं, जुन हाम्रा लागि धेरै उपयोगी भयो,’ उनी थप्छिन् ।
उनले बुबाबाट सिकेर प्रयोग गरेको पहिलो शिक्षा थियो, कम्पनीको पैसा कहिल्यै ब्यक्तिगत प्रयोजनका लागि प्रयोग नगर्ने, बरु ब्यवसाय मै थप लगानी गर्ने । उनी सम्झन्छिन्, ‘समयमै ऋण तिर्नु महत्वपूर्ण हुन्छ, बित्तिय ब्यवस्थापनका निमित्त’ ।
उनले पतिको गाडी फाइनान्सिङको काममा उनलाई सघाउँदाको केही सिकाईको पनि प्रयोग गरिन्, आफ्नो ब्यवसायमा । अनी बिभिन्न खाले मानिसहरुसँग कसरी कारोबार गर्ने भन्ने पनि प्रशिक्षण लिइन्, जुन ट्रान्सर्पोट ब्यवसायको लागि निकै महत्वपूर्ण हुन्छ ।
शुरुमा जम्मा ४ वटा ट्रकको लस्कर भएका कारण बहुर्राष्ट्रिय कम्पनीका काम पाउन धेरै गाह्रो भयो मनमीतलाई । काम माग्न जाँदा असफलता र अस्वीर्कायता मात्र हात लाग्यो ।
मनमीत कुनै एक बहुर्राष्ट्रिय कम्पनीको प्रबन्धकको भनाई सम्झन्छिन्, ‘मेडम, तपाईं एक्लै के गर्नुहुन्छ ? हामीलाई ट्रकहरुको ठूलो लस्कर (फ्लिट) चाहिन्छ । तपाईं हाम्रो माग पुरा गर्न सक्नुहुन्न ।’
त्यसपछि यो समस्याको समाधानका लागि उनले १–२ वटा ट्रक भएका स–साना ब्यवसायीहरुसँग सहकार्य शुरु गरिन् । र, अन्नत १५ वटा ट्रकहरुको फ्लिट तयार पारिन् ।
२ बर्षको कठोर संर्घष र झण्डै ३ पटक आफ्नो कार्यालय नै बन्द गर्नुपर्ने अवस्थाको सामना गरेपछि सन् २०११ मा उनले ठूलो सफलता हात पारिन् । त्यो सफलता थियो, बिख्यात कम्पनी डिएचएलसँगको सम्झाँैता । त्यसपछि उनले अहिलेसम्म पछाडि फर्केर हेर्नु परेको छैन ।
उनको सफलताको राज भनेको ग्राहकलाई दिने उत्कृष्ट सेवा हो । उनी प्रत्येक बुकिङ लिने गर्छिन् र कसैलाई नाईं भन्दिनन् , अरु ब्यवसायीका ट्रक महङ्गोमा भाडा लिनुपरे पनि ।
सफलताको अर्को शुत्र भनेको सबै सरोकारवालाहरुसँगको राम्रो र सम्मानजनक सम्बन्ध पनि हो । कति मानिसहरु बिगत १० बर्षदेखि नै लगातार कम्पनीमा काम गरिरहेका छन् ।
मनमीतलाई पछुतो लाग्ने एउटै कुरा भनेको शुरु मै पढाई छाड्नु हो । उनलाई लाग्छ की पढेको भए अझ धेरै काम गर्न सकिन्थ्यो ।
यसै कारण मनमीतले आफ्ना छोराछोरीको पढाइमा कुनै सम्झौँता गरेकी छैनन् । उनकी छोरी सिड्नीमा लेखामा स्नात्तकोत्तर गर्दै छिन् । र, छोरा ढुवानी (लजिस्टिक्स) क्षेत्रकै बारेमा अध्ययन गर्दै छन् । उनी अमेरिकामा आपुर्ती श्रृङखला ब्यवस्थापन अध्ययन गरिरहेका छन् ।
मनमीत बिट मार्छिन,‘यो एउटा दौड हो । प्रतिस्पर्धा निकै तिब्र छ ।’ अब भाई र छोराको सहयोगले उनी ‘थर्ड पार्टी लजिस्टिक्स’ कम्पनी स्थापना गर्न चाहन्छिन् ।
एजेन्सी
Comments