सुपर मादी हाइड्रोपावरको नाफा ५०.८४ प्रतिशतले बढ्यो

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सुपर मादी हाइड्रोपावरको खुद नाफा ५०.८४ प्रतिशतले बढेर १६ करोड १३ लाख १ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो  वर्षको यसै अवधिमा यसले १० करोड ६९ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । १ वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी घटे पनि वित्तीय खर्च नियन्त्रण हुँदा खुद नाफा बढेको हो ।

विद्युत् बिक्रीबाट हुने आम्दानी २.५७ प्रतिशतले घटेर ४२ करोड १५ लाख ८४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले विद्युत् बिक्रीबाट ४३ करोड २७ लाख १५ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

यता, वित्तीय खर्च २९.३२ प्रतिशतले घटेर १६ करोड ३५ लाख ४१ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको वित्तीय खर्च २३ करोड १३ लाख ८५ हजार रुपैयाँ थियो ।

असोज मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी २ अर्ब १० करोड र जगेडा कोषमा ३० करोड ५ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३० रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ३१ पैसा छ ।

एजेन्सी

 

Comments

Back to top