जम्मु कश्मीर विधान सभामा विधायकहरूबीच झडप

बिहीबार जम्मु कश्मीर विधानसभाको सत्रमा विधायकहरूबीच झडप भएको छ । सत्तारुढ दल र विपक्षी दल भाजपाका विधायकहरूले एकअर्काको कलर समातेर एकअर्कालाई धकेलेका हुन् ।

सदनमा हंगामा भएपछि संसद्को बैठक पहिले २० मिनेट र त्यसपछि दिनभरका लागि स्थगित भएको छ ।

वास्तवमा लङ्गेटका विधायक खुर्शीद अहमद शेखले सदनमा धारा ३७० खारेजीको ब्यानर फहराएका थिए । ब्यानरमा लेखिएको थियो, ‘हामी धारा ३७० र ३५ए पुनर्स्थापना र सबै राजनीतिक बन्दीहरूको रिहाइ चाहन्छौं ।’

त्यसपछि भाजपा विधायक तथा विपक्षी नेता सुनील शर्माले यसको विरोध गरे । नारा लगाउन थाले । भाजपा विधायकहरूको विरोधको सिलसिला यहाँ रोकिएन । उनीहरुले अहमद शेखको हातबाट ब्यानर खोसे ।

यस क्रममा शेखको समर्थनमा सज्जाद लोन र वाहिद पारा र नेशनल कन्फरेन्सका केही विधायकहरू उत्रिएपछि भाजपाका विधायकहरूसँग झडप भएको हो ।

मार्शलहरूले आरएस पठानिया लगायत भाजपाका धेरै विधायकहरूलाई सदनबाट बाहिर निकालेका छन् । झडपमा ३ जना विधायक घाइते भएका छन् ।

झडपपछि पनि भाजपाका विधायकहरूले ‘विशेष दर्जाको प्रस्ताव फिर्ता लिनुहोस्’को नारा लगाएका थिए । त्यसपछि सभामुखले भनेका थिए, ‘यो सभा हो, माछा बजार होइन ।’

एजेन्सी

Comments

Back to top