खाली पेट चियासँग बिस्कुट, एकदमै हानिकारक
प्राय मानिस बिहानको सुरुवात चियासँग बिस्कुट खाँदै गर्छन्। ठूलादेखि साना सबैले चियासँग बिस्कुट एकदमै मन पराउँछन् ।
तर बिहान खाली पेटमा चियासँग बिस्कुट खाँदा शरीरलाई कति धेरै हानी गर्छ भनेर सोच्नुभएको छ ?
मोटोपनको समस्या
चिया र बिस्कुट खाँदा तपाईंको तौल एकदमै छिटो बढ्छ । जसले गर्दा मोटोपनको समस्या आउन पनि सक्छ । बिहान खाली पेटमा चिया र बिस्कुट खाँदा शरीरमा धेरै क्यालोरी बढ्छ जसले गर्दा मोटोपन हुन्छ ।
सुगर बढ्ने सम्भावना
बिस्कुटमा काब्र्स र चिनीको मात्रा धेरै हुन्छ । यस्तोमा दिनहुँ बिस्कुटको सेवन गर्दा तपाईंको शरीरमा सुगरको मात्रा बढ्न सक्छ ।
कब्जियतको समस्या
बिस्कुट बनाउनका लागि तेल, मैदा र चिनीको अत्यधिक प्रयोग हुन्छ । जसले गर्दा यसको सेवनले धेरै व्यक्तिमा कब्जियत, छाती पोल्ने तथा पाचन सम्बन्धी समस्या देखिने गर्दछ ।
डन्डीफोर तथा दाग आउने समस्या
चियामा पाइने क्याफिन र बिस्कुटमा हुने सुगरको मात्राले तपाईंको छालामा नकारात्मक असर गर्न सक्छ ।
चिया र बिस्कुटको सेवन एकैसाथ गर्दा छालालाई अझ धेरै बेफाइदा हुन्छ । जसले गर्दा डन्डीफोर लगायतका अन्य समस्या देखिन्छन् ।
दाँतमा समस्या
बिस्कुटको सेवन गर्दा तपाईंको दाँतलाई पनि नोक्सान हुन्छ । बिस्कुटमा धेरै सुगर पाइने र यो चपाउँदा एकदमै मसिनो हुनाले दाँतमा अट्कीएर क्याबिटिजको समस्या हुन सक्छ । बच्चाका लागि बिस्कुट झनै नोक्सानदायक हुन्छ ।
एजेन्सी
Comments