आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई ‘सँझिया अर्घ’ दिइँदै

छठ पर्वको तेस्रो तथा मुख्य दिन आज (बिहीबार) साँझ श्रद्धालुहरूले अस्ताउँदो सूर्यलाई सँझिया अर्घ दिँदैे मनाउँदैछन् । शुक्रबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि यस वर्षको छठ पर्व विधिवत रुपमा समापन हुन्छ ।

यस अवसरमा जनकपुरधामसहित मुलुकका नदी, पोखरी, नहरलगायत जलाशयमा श्रद्धालु तथा भक्तजनहरूको घुइँचो लागेको छ ।

छठका अवसरमा जनकपुरधामको गंगासागर, अरगजा सर, दशरथ तलाउ, गोरधोइ पोखरी, नोचा पोखरी, गोसाइकुण्डलगायत दर्जनौं पोखरी सिँगारिएका छन् ।

जनकपुरधामको छठ हेर्न देश–विदेशका विभिन्न ठाउँबाट पर्यटक आउने गर्छन् । यो वर्ष पनि आएका छन् ।

छठ पछिल्लो समय समावेशी पर्वको रुपमा विकास भइरहेको छ । यस पर्वमा डोम जातिले बनाउने ‘सुपली (कुनिया)देखि किसानको खेतमा उत्पादन ‘सुथनी’समेत प्रयोग हुन्छ ।

एजेन्सी

Comments

Back to top