इन्डियन आयलको नाफा करिब चार गुणा बढ्यो

इन्डियन आयल कर्पोरेसन (आईओसी)ले आर्थिक वर्ष २०२४/२५ को दोस्रो त्रैमास (जुलाई–सेप्टेम्बर) मा २० अर्ब १६ करोड भारु खुद नाफा कमाएको छ । जुन नाफा वार्षिक आधारमा तीन दशमलव आठ गुणा बढी हो । कर्पोरेसनले अघिल्लो वर्षको सोही अवधिमा चार अर्ब २० करोड भारतीय रुपैयाँ नाफा कमाएको थियो ।

नतिजासँगै इन्डियन आयलको सञ्चालक समितिले सेयरधनीलाई प्रतिसेयर तीन रुपैयाँका दरले अन्तरिम लाभांश दिने निर्णय पनि गरेको छ ।

यो नतिजासँगै इन्डियन आयलको सेयर मूल्य चार दशमलव ८१ प्रतिशत बढेर चार सय ९५ भारतीय रुपैयाँ पुगेको छ । कर्पोरेसनको सेयर मूल्य यस वर्षको जनवरी १ देखि हालसम्म ९६ प्रतिशतभन्दा धेरै बढेको छ । कम्पनीको बजार पुँजीकरण ८० दशमलव ५६ हजार करोड भारतीय रुपैयाँ पुगेको छ ।

एजेन्सी

Comments

Back to top