गाजामा इजरायली बमबारी : २५ प्यालेस्टिनीको मृत्यु
उत्तरी गाजा पट्टीको बेत लाहिया सहरमा रहेको एउटा घरमा इजरायली बमबारीबाट मंगलबार कम्तीमा २५ प्यालेस्टिनीको मृत्यु भएको छ ।
प्यालेस्टाइनको आधिकारिक समाचार संस्था वाफाले भग्नावशेषमुनि कैयौँ मानिस अझै बेपत्ता रहेको बताएको छ । इजरायली सेनाले उक्त घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सिमानामार्फत हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण सुरु गरेको थियो । यसमा लगभग एक हजार दुई सय मानिस मारिएका र करिब दुई सय ५० जनालाई बन्धक बनाइएका थिए ।
गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ४३ हजार तीन सय ९१ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले मङ्गलबार एक विज्ञप्तिमार्फत बताएका छन् ।
एजेन्सी
Comments