बिहान उठ्दा शरीरमा थकान छ भने यस्तो उपाय अपनाउनुहोस्
अहिलेको समयमा मानिसहरु यति धेरै व्यस्त भइसके कि आफ्नो लागि समय निकाल्न पनि मुश्किल भइसकेको छ ।
यसको सिधा असर हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यमा पर्छ । समयको अभावका कारण हामीले व्यायाम गर्नतिर ध्यान नै दिएका छैनौं । खानपानमा पनि जंक तथा फास्ट फुडतिर धेरै ध्यान दिन्छौं ।
जसले गर्दा रोग प्रतिरोधी क्षमता पनि घट्दै गइरहेको छ । यस्तै कारणले होला रातभर सुतेर उठ्दा पनि बिहान शरीरमा थकान तथा दुखाई हुन्छ ।
आज हामीले यो लेखका माध्यमबाट तपाईंका लागि केही टिप्स लिएर आएका छौं जसलाई अपनाउनुभयो भने आराम महसुस गर्नुहुनेछ ।
१. मेडिटेशन
मानसिक रुपमा आराम महसुस गर्नका लागि बिहान उठ्ने बित्तिकै दिमागलाई शान्त गर्नका लागि मेडिटेशन अथवा ध्यान गर्नुहोस् । बिहान उठ्ने बित्तिकै थकान तथा अल्छी महसुस हुनु भनेको मानसिक तनावले पनि हुन्छ । त्यसैले यसबाट बच्ने राम्रो उपाय भनेको ध्यान नै हो । कमसेकम २० देखि २५ मिनेट बिहान ध्यान अवश्य गर्नुहोस् ।
२. तन्किने व्यायाम
बिहान उठ्ने बेलामा थकान तथा कमजोरीका कारण हाम्रो शरीर कुँजिने गर्छ । जसबाट बच्नका लागि तपाईं बिहान उठेपछि तन्किने (स्टे«चिंग) व्यायामहरु गर्नुपर्छ । स्ट्रेचिंग अभ्यासहरु गर्दा तपाईंको शरीरको मांसपेशिहरु खुल्छन् जसले गर्दा शरीरमा ताजगी आउँछ ।
३. तेलले मालिस गर्ने
थकान तथा कमजोरी भगाउनका लागि मनतातो तेलले मालिस गर्न सकिन्छ । यो पुरानो जमानादेखि चल्दै आएको चलन पनि हो ।
तेलले मालिस गर्दा पनि मांशपेशीहरुमा आराम मिल्छ । शरीरको थकान टाढा भाग्छ र शरीर ऊर्जाशील हुन्छ । मालिस गर्दा शारीरिक तथा मानसिक दुवै थकानबाट छुट्कारा पाउन सकिन्छ ।
४. मनतातो पानीले नुहाउने
शरीरको थकान भगाउन मनतातो पानीले नुहाउनु पनि एकदमै फाइदाजनक हुन्छ । शरीरलाई आराम दिन र ऊर्जाशील बनाउन तपाईं मनतातो पानीले नुहाउन सक्नुहुन्छ।
एजेन्सी
Comments