पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार

राष्ट्रिय स्वतन्‍त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउको विरोधमा उत्रिएका कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

मंगलबार प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

वाइचोकबाट प्रदर्शनकारी निषेधित क्षेत्र तोकिएको सहिदचोकतर्फ जान खोजेपछि प्रहरीले चार सेल अश्रुग्यास प्रहार गरेको हो ।

रास्वपा सभापति रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशीलगायतलाई मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका हुन् । उनी कात्तिक २ गते पक्राउ परेका हुन् ।

एजेन्सी

Comments

Back to top