बच्चाहरुलाई असल बनाउने केही टिप्स

बच्चाहरुलाई कसरी राम्रो तथा असल मानिस बनाउने भन्ने चिन्ता सबै अभिभावकको हुन्छ । अहिलेको शहरिया जीवन तथा पश्चिमा जीवनशैलीको प्रभावमा परेर बच्चा गलत लाइनमा लाग्छन् कि भन्ने चिन्ता बढ्दै गइरहेको छ ।

त्यसैले बच्चालाई सानैदेखि नै त्यस्तो खालको रेखदेख तथा अनुशासन सिकाउनुपर्ने हुन्छ जसले गर्दा युवाअवस्थामा पनि उनीहरु सही बाटोमा हिँडुन् ।

थुप्रै विशेषज्ञका विचार तथा अध्ययनबाट बच्चालाई कसरी र कस्तो शिक्षा दिने भन्ने बारे यहाँ बताइएको छ ।

राम्रो संस्कार सिकाउने

बच्चालाई सानैदेखि राम्रो संस्कार सिकाउने प्रयास गर्नुपर्छ । जसले गर्दा ऊ जीवनमा सफल हुन्छ र समाजमा ठूलो नाम रहन्छ । यसले व्यक्तिगत विकाससँगै समाज विकासका लागि पनि महत्वपूर्ण भूमिका खेल्छ ।

सधैं साँचो बोल्न सिकाउने

संसारमा मानिसले सबैभन्दा धेरै सम्मान त्यस्तो व्यक्तिलाई गर्छन्, जो सधैं हरेक परिस्थितिमा साँचो बोल्छ र सच्चाईलाई नै साथ दिन्छ ।

त्यसैले आफ्नो सन्तानलाई सधैं साँचो बोल्ने शिक्षा दिनुपर्छ । साथै झुठ बोल्दाका नराम्रा परिणाम बारेमा पनि बताउनुपर्छ । सानैदेखि बच्चालाई सत्यको बाटोमा हिँड्न सिकाउनुपर्छ ।

मेहनत गर्न सिकाउने

जीवनमा कुनै पनि सफलता मेहनत नगरी पाउन सकिँदैन । त्यसैले अभिभावकले जहिले पनि बच्चालाई सानैदेखि मेहनत गर्न सिकाउनुपर्छ ।

चाहे त्यो निजी जीवन होस्, पढाई, खेलकूद, कला वा अन्य कुनै क्षेत्र सबैमा मेहनत गरेर अगाडि बढ्न सिकाउनुपर्छ ।

सानैदेखि मेहनती हुन सक्यो भने ठूलो हुँदा पनि मेहनत गर्नदेखि डराउँदैन । यसले गर्दा बच्चा जीवनमा योग्य मात्र नभएर सफल पनि हुनेछ ।

अनुशासित बनाउने

आफ्नो सन्तानलाई योग्य बनाउनका लागि अर्को सिकाउनै पर्ने गुण हो अनुशासन । जीवनमा अनुशासनको महत्व हुन्छ र त्यसकै कारणले व्यक्तिले आफ्नो समयको सही सदुपयोग गर्न सिक्छ ।

बौद्धिक बनाउने

जीवनमा सफल हुन र केही प्राप्त गर्नका लागि किताबी शिक्षाको पनि एकदमै आवश्यकता छ । साथसाथै बच्चालाई अन्य बाहिरको शिक्षा पनि सिकाउनुपर्छ ।

किताबको बाहेक अन्य ज्ञानका कुरा बच्चाले आफ्नो अभिभावकबाट नै सिक्न सक्छन् । जीवनका हरेक पक्ष बारे सानैदेखि सिकाउँदा बच्चा शिक्षित सँगै बौद्धिक पनि हुनेछ ।

एजेन्सी

Comments

Back to top