ओछ्यानमै खाना खाँदाका नोक्सान

तपाईंलाई थाहै होला विस्तरा वा ओछ्यानमा बसेर खाना खानु राम्रो बानी होइन । फोहोर ओछ्यान कैयौं रोगको कारण बन्न सक्छ ।

आज जानौं यसरी ओछ्यानमै बसेर खाँदा केकस्ता नोक्सान हुन्छन् ?

ओछ्यानमा बसेर खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्छ । यसले मन पनि अशान्त रहन्छ । जसले गर्दा निद्रामा कमी आउने गर्दछ ।

ओछ्यानमा बसेर खाने बानीले किराहरु आउँछन् । खानाको टुक्रा खस्दा साँग्ला, कमिला, झिंगा जस्ता किरा आकर्षित हुन्छन् । जसले गर्दा विभिन्न रोग लाग्न सक्छ ।

ओछ्यान फोहोर हुँदा, तन्ना लामो समय नधुँदा वा नफेर्दा कयौं गम्भीर रोग फैलिन सक्छन् । त्यसैले सुत्ने ठाउँमा कहिल्यै पनि खाना खानु हुँदैन ।

वास्तुशास्त्रअनुसार पनि ओछ्यानमा बसेर खाना वा पानी पिउनु हुँदैन  । किनकी यसलो देवी लक्ष्मी रिसाएर घर छोडेर जान्छिन भन्ने मान्यता छ ।

त्यस्तै ओछ्यानमा खाना खाँदा घरमा अशान्ति फैलिन्छ र घरका सदस्यमाथि ऋणको भार पर्छ पनि भनिन्छ । यसका साथै धन हानी हुन पनि सक्छ ।

त्यस्तै ओछ्यानमा खसेको खाना कुहिएपछि गन्ध आउने गर्दछ । जसले गर्दा विभिन्न किटाणु पैदा हुन्छन् जसले स्वास्थ्यमा नराम्रो असर गर्छ ।

एजेन्सी

Comments

Back to top