गाजाका अस्पतालमा इजरायली ड्रोन आक्रमणः दुई लेबनानी स्वास्थ्यकर्मीको मृत्यु, एक बालक घाइते
गाजाका अस्पतालमा इजरायली सुरक्षा फौजले गरेको ड्रोन आक्रमणमा परी दुई लेबनानी स्वास्थ्यकर्मीको मृत्यु भएको छ भने एक प्यालेस्टिनी बालक गम्भीर घाइते भएका छन् ।
इजरायली सुरक्षा बलहरूले गाजाको उत्तरी क्षेत्रस्थित कमाल अदवान अस्पतालमा सोमबार बिहान आक्रमण गर्दा अस्पतालको संरचनामा समेत क्षति पुगेको अलजजिराले जनाएको छ ।
त्यस्तै, नजिकैको इन्डोनेशियन अस्पतालको गेट र पर्खालमा पनि इजरायली ड्रोनले आक्रमण गरेको छ ।
पछिल्ला दिनहरूमा इजरायलले उत्तरी गाजा र दक्षिणी लेबनानमा निरन्तर आक्रमण गरिरहेको छ ।
एजेन्सी
Comments