भाजपाका नेता शाहले क्यानेडियाली शिख धर्मावलम्बीमाथि आक्रमण गर्न अनुमति दिएको आरोप

क्यानडाले भारतीय जनता पार्टीका नेता अमित शाहलाई क्यानडाको भूमिमा क्यानेडियाली शिख धर्मावलम्बीमाथि आक्रमण गर्न अनुमति दिएको आरोप लगाएको छ । तर नयाँ दिल्लीले यो आरोपलाई ‘बेतुक र आधारहीन’ भएको प्रतिक्रिया जनाएको छ । तर आलोचकहरूले शाहले कुनै समय शृङ्खलाबद्ध हत्याको योजना बनाएको आरोप बेलाबखत लगाउने गरेका एएफपीले उल्लेख गरेको छ ।

सन् २००२ मा भारतको इतिहासमा सबैभन्दा खराब धार्मिक हिंसा हुँदा तत्कालीन गुजरातका मुख्यमन्त्री बर्तमान् प्रधानमन्त्री नरेन्द्र मोदी र अमित शाह सांसद थिए । त्यसबेलाको धार्मिक हिंसामा कम्तीमा एक हजार मानिसको ज्यान गएको थियो । ज्यान जानेमा धेरैजसो मुश्लिम धर्मावलम्बी थिए । यहि घटनाको आरोपका कारण मोदीलाई वर्षौंसम्म अमेरिका र बेलायतमा प्रवेश गर्न प्रतिबन्ध लगाइएको थियो ।

एजेन्सी

Comments

Back to top