बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउने र दर्शन गर्ने भक्तजनको भिड
भाइटीकाको अवसरमा काठमाण्डौको रानीपोखरीबीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउने र दर्शन गर्ने भक्तजनको भिड लागेको छ । दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन आज बालगोपालेश्वर मन्दिर बिहानैदेखि खुला गरिएको हो ।
वर्षमा एक दिन भाइटीकाका दिन मात्र खुला हुने यो मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ । मन्दिर आज दिनभर खुला हुनेछ । दिदीबहिनी एवम् दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यो मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् ।
२०७२ साल वैशाख १२ गतेको भूकम्पका कारण क्षतिग्रस्त मन्दिर २०७७ सालमा पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनलाई खुला गरिएको हो ।
यस्तै काठमाण्डौको जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवम् दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको छ ।
एजेन्सी
Comments