खानामा यी मसला प्रयोग गर्नुस्, हुनेछैन अपचको समस्या
खाना बनाउनु एउटा कला हो । नेपाली खानामा त झनै विभिन्न खाले मसलाको पनि प्रयोग गरिन्छ । जसले खानालाई स्वादिलो त बनाउँछ नै स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ ।
तर कतिपय अवस्थामा धेरै मसलाको प्रयोगले अपच तथा पाचनक्रियामा समस्या उत्पन्न पनि गर्छ । त्यसैले यसको सही मात्रा हुन आवश्यक हुन्छ । तपाई यी मसलाको प्रयोगले अपचको समस्या भगाउन सक्नुहुनेछ ।
जीरा
जीरा केवल झान्नको लागि मात्र प्रयोग हुँदैन यसले खानामा स्वाद तथा मिठो वासना पनि दिने गर्छ । साथै यसले भोजनलाई पचाउन पनि मद्दत गर्छ । त्यसैले मिठो तरकारी बनाउँदै हुनुहुन्छ भने जीराको सही मात्रा प्रयोग गर्न नभुल्नुहोला ।
ज्वानो
ज्वानो त विशेष गरी पेटमा अपच हुँदा नै हामी प्रयोग गर्छौं । तर यसलाई नियमित खानामा प्रयोग गर्न सकिन्छ । जसले अपचको समस्या त भगाउँछ नै पाचन क्रिया पनि बलियो बनाउँछ ।
हिंग
हिंगलाई पनि त्यत्तिकै प्रयोग गरिएको छैन । यसले पनि पेटको दुखाई, ग्यास, तथा अपच जस्तो समस्या हटाउने काम गर्छ । त्यसैले कुनै पनि भारी खालको पकवान बनाइरहनुभएको छ भने हिंगले झान्न नभुल्नुहोला ।
सुकमेल
मानिसहरु सुकमेल मुखमा वासनाको लागि धेरै प्रयोग गरिरहेका हुन्छन् । खासगरी दुध तथा मासुको परिकारमा सुकमेलको स्वाद बढी आएको पाइन्छ । यसको धुलो पनि तपाईंले मसलाको रुपमा प्रयोग गर्न सक्नुहुन्छ । यसले पाचनक्रियालाई सही राख्न मद्दत गर्छ ।
सोंफ
सोंफ खासगरी खानापछि खाने गरिन्छ । त्यसबाटै थाहा हुन्छ यसले भोजन पचाउन कति महत्वपूर्ण भूमिका खेल्छ भनेर । तपाईं सोंफलाई चिया मसलामा पनि प्रयोग गर्न सक्नुहुन्छ । खासगरी अन्य गरम मसलामा यसले शीतलता ल्याउने काम गर्छ ।
एजेन्सी
Comments