इरानमाथि भएको आक्रमणको बदला लिन्छौँ : खामेनी
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले इजरायल र यसको सहयोगी अमेरिकाले तेहरान र यसका समर्थक समूहलाई लक्षित गरी शनिबार गरेको आक्रमणको बदला लिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
खामेनीले तेहरानमा विद्यार्थीहरूलाई सम्बोधन गर्दै अमेरिका र जियोनिस्ट शासन दुबैले इरान, इरानी समर्थक विरुद्ध गरेका क्रियाकलापको जवाफी प्रतिक्रिया पाउने बताएका हुन्।
तेहरान समर्थित सशस्त्र समूहमा यमनको हुथी विद्रोही, लेबनानको हेजबुल्लाह आन्दोलन र प्यालेस्टिनी इस्लामवादी समूह हमासलगायत समावेश छन् ।
गत सेप्टेम्बर–२३ मा इजरायलले द्वन्द्व बढाउनु अघि सन् २०२३ अक्टोबर –७ मा हमासले इजरायलमा आक्रमण गरेपछि हेजबुल्लाह र इजरायलले लगभग एक वर्षसम्म सीमापार हमला गरे ।
खामेनीले आफ्नो भाषणमा लडाइँमा मारिएका सैनिकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै इजरायलको सामना गर्ने उनीहरूको प्रयास नबिर्सिने बताए ।
अमेरिकाले शुक्रबार मध्य पूर्वमा अतिरिक्त सैन्य सम्पत्तिहरू तैनाथ गर्ने घोषणा गरेको छ । जसमा ब्यालिस्टिक मिसाइल रक्षा र लामो दूरीको बी– ५२ लडाकु विमानहरू समावेश छन् ।
खामेनीले इरानले “सैन्य, हतियार वा राजनीतिक कार्यको सन्दर्भमा इरानी राष्ट्रलाई तयार पार्न गर्नुपर्ने सबै क्रियाकलाप गरिरहेको बताए ।
यसै गरी रिभोलुसनरी गार्डका प्रवक्ता अली मोहम्मद नैनीले पनि इरानले इजरायललाई “निर्णायक“ जवाफ दिने बताएको फार्स समाचार एजेन्सीले जनाएको छ ।
एजेन्सी
Comments