ट्रम्पको र्‍यालीमा ‘फ्री प्यालेस्टाइन’को नारा

रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले मिसिगनको डियरबोर्न क्षेत्रमा चुनावी प्रचार गरेका छन् ।

ट्रम्पको चुनावी अभियानका क्रममा भिडमा एक समूहले ‘फ्री प्यालेस्टाइन’को नारा पनि लगाएको थियो । मिसिगन एक स्विङ राज्य हो र यसको डियरबोर्न शहरमा ठूलो अरब-अमेरिकी समुदाय छ ।

अर्कोतर्फ, आफ्नो अभियानको एक भागको रूपमा डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले पहिलो पटक मतदान गर्ने जेन-जी मतदाताहरूलाई लोभ्याउने प्रयास गरिरहेकी छिन् ।

हालैको र्‍यालीमा युवा मतदाताहरूलाई सम्बोधन गर्दै ह्यारिसले भनिन्, ”म जेन-जी जेनेरेशनलाई साँच्चै माया गर्छु । मलाई थाहा छ तपाईँहरू बन्दुक कानुन र जलवायु सङ्कट जस्ता मुद्दाहरूमा परिवर्तनको लागि हताश हुनुहुन्छ । तपाईँको भोट तपाईँको आवाज हो र तपाईँको आवाज तपाईँको शक्ति हो ।”

एजेन्सी

Comments

Back to top