गाजामा इजरायली आक्रमणमा ५० बालबालिकासहित ८४ जनाको मृत्यु
इजरायली सेनाको आक्रमणबाट गाजामा ८४ जनाको ज्यान गएको छ । शुक्रबार राति र शनिबार बिहान भएको आक्रमणबाट मृत्यु हुनेमध्ये ५० भन्दा बढी बालबालिका रहेको गाजा सरकारले जनाएको छ ।
त्यस्तै लेबनानमा इजरायलले गरेको हवाई आक्रमणबाट दर्जन मानिसको मृत्यु भएको छ ।
यो आक्रमणलाई ‘क्रूर नरसंहार’का रूपमा वर्णन गरिएको अलजजिराको समाचारमा उल्लेख छ ।
यसैबीच अमेरिकाले पश्चिम एसियामा थप नौसेना, युद्धपोत, जेट, लडाकु विमान र लामो दूरीका बमवर्षक विमानजस्ता सैन्य संसाधन तैनाथ गर्ने घोषणा गरेको छ ।
यस्तै गाजामा पोलियोविरुद्धको खोप अभियानको तेस्रो चरण पुनः सुरु गरिने योजना अघि सारिएको छ । यसअघि इजरायली आक्रमण र उत्तर गाजाको जनसंख्याको ठूलो स्थानान्तरणका कारण यो अभियान रोकिएको थियो ।
एजेन्सी
Comments